ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई ठूला देशको विकासबाट नेपालले फाइदा लिनुपर्छः उपमहासचिव बस्नेत


एबीसी न्यूज
१० आश्विन २०८१, बिहिबार   १२ : २८   बजे

काठमाडौं १० असोज । नेकपा माओवादी केन्द्र का उपमहासचिव शक्तिबहादुर बस्नेतले दुई ठूला देशको विकासबाट नेपाली समाज लाभान्वित हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले भारत अहिले उदाउँदो अर्थतन्त्र भएको भन्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने बताउनुभएको हो ।

उहाँले छिमेकी देशहरुले गरेको प्रगतिबाट अर्को छिमेकी देश खुशी हुनु स्वभाविक रहेको भन्दै भारतले गरेको प्रगतिबाट नेपाल पनि खुशी रहेको बताउनुभयो । उहाँले तीव्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्नेकुरा आवश्यक रहेको बताउनुभयो ।

‘‘यतिबेला भारतमा एउटा उदाउँदो अर्थतन्त्र देखिरहेको छ । उदाउँदो अर्थतन्त्रको रुपमा जसरी भारत अघि आइरहेको छ, यो हामी सबैका लागि खुशीको कुरा पनि हो । एक छिमेकी र एक असल मित्र छिमेकीले गरिरहेको प्रगतिबाट हामी सबै खुशी हुने कुरा स्वभाविक छ । हामी खुशी छौँ ।,’’ उपमहासचिव बस्नेतले भन्नुभयो, ‘‘त्यो तीव्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्नेकुराको आवश्यक हुन्छ । दुई तिहाई हाम्रो ट्रेड भारतसँग छ । आफूसँग भएका स्रोत र साधनको सही ढङ्गले प्रयोग गर्नसक्ने मुलुकले नै समृद्धिको यात्रा तय गर्दछन् । ४५ प्रतिशत वनजङ्गलको सही सदुपयोग गर्न आवश्यक छ । जलस्रोतको सही प्रयोगको बारेमा सोच्नु अनिवार्य र अपरिहार्य छ ।’’

उपमहासचिव बस्नेतले नेपालमा रहेको ४५ प्रतिशत वनजङ्गलको नेपालले सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group