ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय लाग्दैन : उपाध्यक्ष पाण्डे


एबीसी न्यूज
१० आश्विन २०८१, बिहिबार   १२ : ४९   बजे

काठमाडौं १० असोज । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालले चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय नलाग्ने बताएका छन्।

उनले भारत विश्वकै तेस्रो र चीन पहिलो ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै गएको समरण गर्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने उल्लेख गरेका हुन्।

दुई छिमेकी देशहरु ठूलो अर्थतन्त्र भएको मुलुक बन्दैगर्दा नेपालले त्यसको फाइदा लिनुपर्ने र दुई देशबाट फाइदा लिनसक्ने क्षमता नेपालीहरूमा हुनुपर्ने जिकिर गरे।

 

‘भारत अब तेस्रो ठूलो अर्थतन्त्र हुने देश हुन्छ अब। यो ग्यारेन्टी नै छ। केही समयमा चीन पहिलो र भारत तेस्रो ठूलो अर्थतन्त्र भएको देश हुने स्थिति छ। यो दुवै हाम्रो लागि ठूलो अवसर हो। यसलाई प्रयोग गर्ने क्षमता नेपालीहरूमा हुनुपर्छ,’ पाण्डेले भने, ‘म कम्युनिस्ट विचारधाराको मान्छे। सरकारमा पुगेर काम गरेपछि म यो सरकार कम राखेमा हुने रहेछ, कर्मचारी कम राख्दा हुने रहेछ भन्नेमा पुगेँ। काम गर्नै दिँदैन, कम गर्न नै तयार हुँदैन।’

उनले क्यापिटलिजम र सोसलिजमलाई व्यवस्थित गरेर मात्रै देश समृद्ध बनाउन सकिने पनि उल्लेख गरे। नेपालले चीन र भारतलाई मात्रै पनि राम्रोसँग समात्नसके विकसित मुलुकमा नेपाललाई लैजानका लागि समय नलाग्ने उनको विश्वास छ।

‘क्यापिटलिजम र सोसलिजमलाई म्यानेज गरेर मात्रै युरोप र चीनले देश बनाएका छन्। यो चिजलाई नेपालका खासगरी हाम्रो ब्युरोकेसी र पोलिटक्सले कमाण्ड गर्न सक्नुपर्छ। निजी क्षेत्रलाई कहिले कहीँ गाली गर्ने, यी व्यापारी हुन्, नाफा खान्छन्, यो त्यो गर्छन् भन्ने आरोप आउँछ,’ उनले भने, ‘नेता पनि त्यस्तै हुन् गाली खान्छन्। कहिले कहीँ मलाई व्यापारी र नेता एउटै हुन् की जस्तो लाग्छ, दुवैले गाली खान्छन्। गाली खाएँ भनेर छोड्नु हुँदैन। तपाईंहरू अघि बढ्नुस् देश बन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अग्रगामी मोर्चाको निर्णय : प्रदेश निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu