काठमाडौं १० असोज । काठमाडौँको लैनचौरमा दुई वटा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
काठमाडौँ महानगरपालिका २ लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा बा प्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका ५ घर भएका २१ वर्षीय रूपेश केसीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
बा ७९ प ५४७८ नम्बरको स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्