ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङको ग्रेटर बे एयरलाइन्सले जापानका थप ३ गन्तव्यमा सेवा दिने


एबीसी न्यूज
१० आश्विन २०८१, बिहिबार   ४ : २३   बजे

काठमाडौं १० असोज । हङकङको ग्रेटर बे एयरलाइन्सले यस वर्षको अन्तिम त्रैमासिकबाट जापानका तीन वटा गन्तव्यमा सेवा थप्ने भएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ लिजा एनजी शिओका अनुसार एयरलाइन्सले २७ अक्टोबरदेखि तोटोरी प्रान्तको पश्चिमी क्षेत्र योनागोमा उडान सुरु गर्नेछ। यो उडान हप्ताको तीन दिन आइतबार, मंगलबार र बिहीबार हुनेछ।

‘आगामी महिनामा हामी हङकङको बजारका साथै जापानका केही नयाँ गन्तव्यको परिचय गराउने योजनामा छौँ,’ सीईओ शिओ भन्छिन्, ‘हामी आशा गर्दछौँ कि यसले यात्रुहरूलाई हङकङ भ्रमण गर्न प्रोत्साहित गर्नेछ। जसले पर्यटन उद्योगमा थोरै योगदान पुर्‍याउने विश्वास छ।’

यसका साथै, १६ नोभेम्बरदेखि तोकुशिमा प्रान्तको शिकोकुमा हप्तामा तीन वटा र ७ डिसेम्बरबाट मियागी प्रान्तको सेन्डाईमा हप्ताको चार वटा चार्टर्ड उडान गर्ने कम्पनीले जनाएको छ।

‘हङकङ भ्रमण गर्ने जापानी पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ,’ सीईओ शिओ थप्छिन्, ‘हामीलाई आशा छ, यी नयाँ गन्तव्यको सिधा उडानले जापानी यात्रु आकर्षित हुनेछन्।’

स्मरण रहोस्, ग्रेटर बेको बहुप्रतिक्षित बेइजिङ र सांघाई उडान भने अनिश्चित नै छ। एससीएमपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu