पार्टी एकता टुटाउन खोज्नु सपनामा चक्लेट खाएको जस्तै हो – ओली (भिडियो )
abc
काठमाडौं, २१ फागुन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता टुटाउन विभिन्न चलखेल भएका र उक्त अपेक्षा भनेको सपनामा चक्लेट खाएको जस्तै भएको बताए ।
सपनामा चक्लेट खाएपछि विउँझदा मुख गुलियो हुदैन त्यसैले यस्तो सपना नदेख्न समेत चेतावनी दिनुभयो । झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको स्मृति सभा कार्यक्रममा ओलीले सुखानीका शहीदले देखाएको बाटो कहिल्यै नभुल्ने बताए ।
०२९ साल फागुन २१ गते तत्कालिन झापाली कम्युनिस्ट क्रान्तिकारीहरुलाई पन्चायती शासकले जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरेका थिए । केपी ओलीसँगै क्रान्तिमा होमिएका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने बहानामा झापाको सुखानीमा हत्या गरिएको ओलीले ट्वीटमार्फत स्मरण गरेका छन् ।
प्रधानमन्त्रीले सुखानी दिवसकै अवसर पारेर संसद अधिवेशन बोलाएको स्रोतको दावी छ । सुखानीसँग एमालेको भावना गाँसिएको छ । ओलीसहितका नेताले २०२८ सालमा झापा क्रान्तिबाट नेपालमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन थालेका थिए ।
प्रतिक्रिया दिनुहोस्