काठमाडौँ । ललितपुर र काभ्रेमा पहिरोका छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु भएको छ । चुनिखेलमा पहिरोले घर बगाउँदा ४८ वर्षीया महिलाको मृत्यु भएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए।
यसैगरी पहिरोमै परेर चापागाउँको टाखेलमा ५४ वर्षीया महिला र छम्पीमा एक जना महिलाको मृत्यु भएको छ । छम्पीमा पहिरो खस्दा घरमा बसिरहेका आमा छोरा मध्ये छोराले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ । यसैवीच काभ्रेमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । गएराति तेमाल गाउँपालिका ७ बस्ने भिम बहादुर तामाङको १ तले घर पहिरोले पुरिँदा बर्ष ५० की पातली तामाङ र बर्ष ४० की नक्कली तामाङको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्