ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा एबीसी टिभीको ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक अन्तरक्रिया हुँदैं


एबीसी न्यूज
१२ आश्विन २०८१, शनिबार   १ : १९   बजे

काठमाडौं, १२ असोज ।   एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा बृहत संवाद कार्यक्रम हुन लागेको हो ।

ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा यही १३ गते आइतबार हुने कार्यक्रमको तयारी पूरा भएको गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगरले जानकारी दिए ।

उनका अनुसार कार्यक्रमको समयावधि करिब १ घण्टा ३५ मिनेट तोकिएको छ । बिहानको ७स् ४५ बजे सुरु हुने सो कार्यक्रममा विषयविज्ञका रुपमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। जगदिशचन्द्र पोखरेल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले प्रस्तुती दिने मगरले बताए ।

‘विषयविज्ञको प्रस्तुतीपछि खुला सत्रमा प्रश्नोत्तर हुनेछ, आस्थामगरले भने, ‘त्यसपछि महिलाको दृष्टिकोणमा सुनौलो गण्डकी, समुन्नत गण्डकीको बारेमा संसदीय दल नेकपा माओवादीकी प्रमुख सचेतक कुसुम बुढामगरले धारणा राख्ने कार्यक्रम तय गरेका छौं ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता र उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल लगायत विशेष व्यक्तित्वहरुको सहभागिता रहने सो कार्यक्रमको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएकाले निर्धारित समयमै उपस्थित हुन आयोजकले अनुरोध गरेको छ । एबीसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधान सम्पादक शुभशंकर कँडेलको सभापतित्वमा हुने कार्यक्रमको सञ्चालन गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगरले गर्नेछन् । सो कार्यक्रमले पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकसित गर्न थप सघाउ पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ध्रुवे हात्तीलाई डार्ट गरी नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu