ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुप्तेश्वर गुफा गुम्ने खतरा ! (भिडियो)


admin
१० श्रावण २०७४, मंगलबार   ७ : ०५   बजे

पोखरा, १० साउन । हामी मानिसकै कारण प्राकृतिक सम्पदाहरु जोखिममा पर्दै गएका छन् । पर्यटकीय नगरी पोरामा पनि मानविय गतिविधिका कारण ऐतिहासिक गुप्तेश्वर गुफा संकटमा परेको छ ।

त्यसैपनि पोखराका अधिकांस स्थान भूगर्वीय दृष्टिले खतरायुत्त छन् । मानविय कारण समेत यहाका धेरै प्रकृतिक सम्पदाहरु खतरामा पर्दै गएका छन् । गुप्तेश्वर गुफामाथीका वस्तीहरुका कारण गुफा नै संकटमा पर्दै गएको छ ।

ऐतिहासिक गुफा नै संकटमा पर्दै गएका कारण पोखरावासी स्वयः चिन्तित हुनु स्वभाविक हो । मानव निर्मित संरचनाहरुका कारण गुप्तेश्वर गुफा कुनै ध्वस्त हुने खतराले भूगर्वविद् पनि चिन्तित छन् ।

पोखरा प्राकृतिक सौन्दर्यताको दृष्टिले जति सुन्दर छ त्यति नै यहाँका कतिपय स्थानहरु भूगर्वीय दृष्टिले उच्च जोखिमयुक्त छन् । विभिन्न समयमा भएका भौगोलिक अध्ययनले पोखराको सेती डिल भीर सहित गुफा क्षेत्र वरपर वस्ती बसाल्न नमिल्ने गरी उच्च जोखिमयुक्त क्षेत्र निर्धारण गरेको छ ।

????????????????????????????????????

विज्ञको सुझाव र कमजोर भू–वनोटलाई वास्ता नगरी बाक्लिदै गरेको बस्तीले भविश्यमा ठूलो क्षतिको खतरा निम्ताइरहेको छ । पछिल्लो समय पोखराको सबैभन्दा बढी जोखिमयुक्त क्षेत्र छोरेपाटन स्थित गुप्तेश्वर गुफा र त्यसमाथिका बस्ती उच्च जोखिममा परेका छन् ।

पातलेछाँगो हुदै फेवातालबाट निकास भएको पानी गुप्तेश्वर गुफाको मुनिबाट बगिरहेको छ । छोरेपाटन स्थित गुप्तेश्वर गुफा र पातलेछा“गो पोखराको मुख्य पर्यटकिय स्थल मध्येमा पर्छन् । गुफा माथि विना अनुमति पक्की घरहरु धमाधम बनिरहेका छन् । गुफा माथिनै सिद्धार्थ राजमार्गमा दैनिक सयौं यातायातका साधन गर्छन् ।

फेवातालमा पानीको वहाब बढेसँगै उर्लने पातलेछागोका कारण बर्खामा गुफा पानीले भरिन्छ । गुफा भित्र पानी कराएको आवाज र राजमार्गमा गुड्ने यातायातले थर्काउने जमिनमा बनेका घरवासीलाई रातको समयमा निन्द्रै पर्दैन ।

दैनिक सयांै पर्यटक पुग्ने गुफा भित्रभित्रै क्षयिकरण भएपछि हाल मर्मतको क्रममा छ । अघिल्लो बर्षको बर्खायाममा माटो र ढुङ्गा खसेपछि संरक्षणको लागि १ करोड ७ लाख लागतमा काम भैरहेको छ । जोखिम नियन्त्रण गर्न गुप्तेश्वर गुफा ब्यवस्थापन समितिले टनेल प्रविधिमा संरक्षणको प्रयास गरेको अध्यक्ष विष्णुप्रसाद पौडेल बताउँछन् ।

गुफा ध्वस्त हुनसक्ने भुगोलविद्को चेतावनी

२०४९ सालमा गुफा पत्ता लगाउँदा यस क्षेत्रमा ३ वटा मात्र घर थिए । अहिले यस क्षेत्रमा डेढ सयको हारहारीमा पक्की घर छन् । २० बर्ष पहिलेनै जोखिमयुक्त क्षेत्र पहिचान गरी वस्ती बसाल्न नमिल्ने विज्ञको सुझाब लत्याउदै विना अनुमति बनेका घर कतिबेला भासिने हो भन्ने चिन्ता छ । मानवनिर्मित संरचनाले जोखिमको सघनता बढ्दै गएकाले कुनैपनि बेला यो क्षेत्र ध्वस्त हुनसक्ने भुगोलविद् डा. कृष्ण केसीको दावी छ ।

दक्षिण एसियाकै ठूलो दाबी गरिएको गुप्तेश्वर गुफा करिब तीन किलोमिटर लम्बाइ र ८० मिटरसम्म गहिराइको रहेको अुनमान छ । यो गुफाको अस्तित्व जोगाउन र भई परी आउने क्षति रोक्नका लागि जोखिम क्षेत्रको मानवनिर्मित संरचना हटाउनु र राजमार्गलाई अन्यत्रबाटै लैजानुको विकल्प छैन ।

सहि सदुपयोग गर्न सके प्राकृतिक सम्पदाहरु वरदान नै हुन । तर, राम्रो संरक्षणको अभाव र हामी मानिसकै कारण तिनै प्राकृतिक सम्पदाहरु समेत अविसाव हुने गरेको तितो वास्ताविकता हामीले भोगेका छौं । गुप्तेश्वर गुफा, पोखरावासीका लागि वरदाननै हो । तर, गुफा आसपासमा निर्मित भौतिक संरचनाहरुका कारण कुनै पनि समय ठूलै जनधनको क्षति हुनसक्ने खतरा पनि उत्तिकै छ ।

खतराको मुख्य कारण गुफामाथीका वस्ती
गुफा माथी निर्मित घरहरुबाट निस्कने फोहोर पानी गुफा भएको क्षेत्रमा रसाउने क्रम बढेपछि गुफा भित्रका पत्रे चट्टानहरु उक्किन थालेका छन् । तत्काल संरक्षणका लागि पहल हुन नसके गुफा नै नरहने खतरा बढ्दै गएको छ । गुफा त संकटमा पर्ने नै भयो । आसपासका वस्तीहरु समेत जोखिममा परेका छन् । कुनै पनि समय जनधनको क्षति हुनसक्ने खतरा रहेको स्थानीयवासी धर्मदत्त लामिछाने वताउँछन । गुफामाथी बस्ती बाक्लो हुदै जाँदा गुफामा पानी रसाउने र रसानकै कारण गुफा भित्र भएका पत्रहरु खस्ने क्रम बढेको लामिछानेको भनाए छ ।

 

गुफा आउने पर्यटकलाई खतरा
गुफा कुनैपनि बेला भासिन सक्ने भएकाले गुफा भित्र रहने पुजारी, कर्मचारी, गुफामा दर्शन गर्न आउने भत्तजन र पर्यटकलाई समेत खतरा बढेको स्थानीयवासीको भनाइ छ ।

पोखरा–लेखनाथ महानगरले गुफाको संरक्षण र आसपासमा बनेका भौतिक संरचनाहरु हटाउन खासै चासो देखाएको पाइदैन । पोखरा उपमहानगर हुँदा गुफा व्यवस्थित बनाउन गुफा समितीले ६ वटा घर हटाएको थियो । गुफा आसपासमा ठूला यातायातका साधन चलाउन समेत रोक लगाउने निर्णय गरेको थियो । तर, गुफा आसपासमा ठूला यातायातका साधन संचालनमा रोक लगाउने निर्णय अझै पनि कार्यान्वयनमा आएको छैन ।

गुफामाथी फष्टाएको व्यापार
गुफा आसपासका वस्तीहरुमा राम्रैसँग व्यापार व्यवसाय फष्टाएको छ । तर, ति व्यापारीक वस्तीहरु जोखिममा छन् । स्थानीयवासी श्यामलाल बराल जोखिम न्यूनिकरणका लागि तत्काल पहल नभए कुनै पनि समय अप्रिय घटना हुनसक्ने बताउँछन् ।

गुफा छिर्न छाता अनिवार्य
गुफामाथीका वस्तीहरुबाट बग्ने पानी रसाउन थालेपछि अहिले गुफा छिर्न पनि छाता ओढ्नु पर्ने परिस्थिति बनेको छ । गुफामै पानी छिर्न थालेपछि अब गुफाको आयु छोटिदै गएको भन्दै स्थानीयवासी चिन्तित छन् ।

वर्षिक करोड आम्दानी
पर्यटकीय नगर पोखरामा रहेकाले पोखरा पुग्ने हरेक पर्यटकका लागि गुप्तेश्वर गुफा एक गन्तव्य हो । यो गुफा मार्फत वार्षिक एक करोडको हारहारीमा आम्दानी हुने गरेको छ । डेभिज फल्सबाट खस्ने छांगो र गुप्तेश्वर महादेवको शिव लिङ्ग दर्शनका लागि हरेक वर्ष सयौको संख्यामा पर्यटक आउने गरेका छन् ।

चार नम्बर प्रदेशकै ठूलो यो गुफा चार नम्बर प्रदेशकै लागि राम्रो आम्दानीको स्रोत पनि हो । त्यसैल, गुप्तेश्वरको संरक्षका लागि जनप्रतिनिधिले विशेष चासो देखाउनु पर्ने गुफा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष तुलसीराम बराल बताउ“छन् ।

‘मुआवजा दिएर वस्ती हटाउन सकिन्छ’

गुफा वरिपरि गगनचुम्बी भवनहरु निर्माण क्रम वढ्दो छ । २०४९ सालबाट गुफाको व्यस्थापन सुरु भएको हो । २०४९ साल अघिनै गुफा वरपर घर तथा जग्गा किनवेच सुरु भइसकेको थियो । त्यसपछिका दिनमा गुफा वरिपरि वस्ती रोक्न नसकिएको वरिष्ठ उपाध्यक्ष बराल बताउँछन् ।

गुफा व्यवस्थापन समितिको नियम अनुसार गुफाको २ सय मिटर वरपर घर बनाउँन नपाउने व्यवस्था भएपनि बनिसकेका भवनहरु हटाउन निक्कै चुनौतीपूर्ण रहेको छ । तर, गुफा क्षेत्रका वासिन्दालाई उचित मुआब्जा दिएर अधिग्रहण गरी गुफा जोगाउन सकिनेमा जोड दिन्छन्, वरिष्ठ उपाध्यक्ष बराल । गुफा व्यवस्यापनका लागि सरकारी निकायले भने गुफा संरक्षणका लागि चासो देखाएको पाइदैन । तर, अब पनि गुफा संरक्षणमा ढिलाइ भएको खण्डमा गुप्तेश्वर गुफा स्मृतिमै मात्र सिमित हुने सम्भावना बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu