ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीपी राजमार्ग क्षतविक्षत : सेनाले थाल्यो काम


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   १२ : २६   बजे

काठमाडौं १३ असोज । तराईका जिल्लालाई छोटो दूरीमा राजधानीसँग जोड्ने जापान सरकारको सहयोगमा निर्माण भएको बीपी राजमार्ग दुई दिनअघिको अविरल वर्षाका कारण क्षतविक्षत गरी भत्किएको छ ।

उक्त राजमार्गको खुर्कोट–नेपालथोक खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ स्थित कानढुङ्ग्री नजिकै करिब ३० मिटरभन्दा बढी सडक शनिबार राती भासिएर आवागमन नै नहुने अवस्थामा पुगेको छ । सुनकोशी नदीमा आएको बाढीले उक्त सडकको फाउण्डेसन ९जग० भत्काएपछि सडक भत्किएको उक्त वडाका अध्यक्ष रेगनराज थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी शनिबार बेलुका ७ बजेतिर जाँदा त्यसको अवस्था ठिक थियो । बिहान जाँदा भासिरहेको रहेछ । त्यसको फाउण्डेसन कोशीले काटेछ । तल कोप्री रहेको हुनाले माथिको प्रेसरले त्यो झर्‍यो ।’

बीपी राजमार्गकै खुर्कोट बजार नजिकै करिब १५ मिटर सडक चर्किएको र त्यहाँ वैकल्पिक बाटो बनाउने ठाउँ पनि नभएको उहाँले सुनाउनुभयो । यता जिल्ला प्रशासन कार्यालयले भने सिन्धुली जिल्लामा बीपी राजमार्गको तेस्रो खण्ड खुर्कोट–नेपालथोक खण्डअन्तर्गत सबैभन्दा बढी मुलकोटदेखि नेपालथोकसम्म सात ठाउँमा सडक भत्किएर क्षति भएको जनाएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले सडक भासिएको कानढुङ्ग्री नजिकै नेपाली सेनाले अस्थायी ट्रयाक निर्माण सुरु गरेको र आइतबार बेलुकासम्म उक्त ट्रयाक निर्माण हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कहाँ कति भत्किएको छ, कहाँ पिच काटेको छ । त्यसको सडक विभागले प्राविधिक प्रतिवेदन बनाउला । त्योभन्दा सातातिना पहिरो झरेर थुप्रिएको गनिसाध्य छैन ।’

मेसिन लगाएर पहिरो पन्छाउने काम भइरहेको र आज नेपालथोकसम्म पुग्ने उहाँले बताउनुभयो । प्रजिअ शर्माका अनुसार क्षतिको विवरण सङ्कलन गरी गृह मन्त्रालय र नेपाल सरकारलाई पठाउने काम भइरहेको छ । ‘अहिले हाम्रो प्राथमिक काम भनेको नेपालथोकसम्म बाटो खुलाउने हो, त्यसका लागि हामी लागिरहेका छौं,’ उहाँले थप्नुभयो ।

बीपी राजमार्गले तराईको धनुषा, महोत्तरी हुँदै पहाडी जिल्ला सिन्धुली, काभ्रे जिल्लालाई राजधानी काठमाडौसँग जोड्दछ । महोत्तरीको बर्दिबासदेखि काभ्रेको धुलिखेलसम्मको कुल १६० किलोमिटर लम्बाइको बीपी राजमार्गलाई चार खण्डमा विभाजन गरी वि।सं। २०५२ सालदेखि निर्माण सुरु गरिएको थियो । १९ वर्षमा निर्माण सम्पन्न भएको बीपी राजमार्ग निर्माणमा जापान सरकारको २६ अर्ब रुपियाँ ९नेपाली रुपियाँ० लगानी भएको थियो ।

अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले बीपी राजमार्गको नेपालथोक अगाडि करिब ६० मिटर लम्बाइको सडक कालोपत्रेसहित भत्काएर पूरै बगाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख ९एसपी० गोविन्दराज काफ्लेले बीपी राजमार्ग सिन्धुलीको दुम्जा क्षेत्र र काभ्रे जिल्लामा वर्षाका कारण सडक धेरै क्षति भएकाले यातायात खुलाउन तीन(चार दिन लाग्न सक्ने बताउनुभयो । जतिसक्दो चाँडै एकतर्फी भने पनि यातायात सेवा खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu