ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्धार र राहत कार्यलाई तीव्रता दिन आग्रह


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   १२ : २९   बजे

काठमाडौं १३ असोज । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोबाट देशैभर जनधनको क्षति भएपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै उद्धार र राहत कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले अविरल वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले शनिबार गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको हो ।

राष्ट्रपतिले देशका विभिन्न स्थानमा बढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले विपत्को यस क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिल पनि गर्नुभएको छ । उहाँले भन्नुभयो, “देशभर परिरहेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा आग्रह गर्दछु ।”

यस्तै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण बाढी र पहिरोले धेरै धनजनको क्षति भएकाले सरकारले उद्धारकर्मी तैनाथ गरेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा शनिबार लेख्दै प्रधानमन्त्रीले बाढी पहिरोबाट उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी विपत् क्षेत्रमा खटिरहेको उल्लेख गर्नुभएको हो ।

प्रधानमन्त्रीले बाढीपहिरोले जनधनको क्षति हुन थालेपछि गृहमन्त्री रमेश लेखकलाई फोन गरेर सबै विवरण लिएर राज्यका सबै निकायलाई उद्धारमा जुट निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले उल्लेख गर्नुभएको छ, “विपत्को उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएको छ । तोकिएको नम्बरमा सुरक्षाकर्मीलाई सम्पर्क गरौँ र उहाँहरूलाई सबैले सहयोग गरौँ । बाढीपहिरोको प्रभावमा परेको ठाउँको सूचना तत्काल सुरक्षाकर्मीसम्म पुर्‍याउन मद्दत गरौँ ।”

प्रधानमन्त्रीले वर्षाले क्षति पुर्‍याउन सुरु गर्नासाथ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याललगायतसँग उद्धारका लागि समन्वय गरिएको जानकारी दिनुभएको छ । उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा भएकाले विपत्का बेला सबैलाई हातेमालो गरेर उद्धारमा सहयोग गर्न अपिल गर्नुभएको छ ।

सभामुख देवराज घिमिरेले लगातार भारी वर्षाका कारण देशैभर ठुलो मात्रामा भएको मानवीय र भौतिक क्षतिले स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । उहाँले विज्ञप्ति जारी गरेर बेपत्ताको खोजबिन गर्न स्थानीय प्रशासनले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

यस्तै गरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अविरल वर्षाका कारण बाढीपहिरोमा परेका व्यक्तिको तत्काल उद्धार र राहतको कार्यलाई थप व्यवस्थित बनाउन आग्रह गर्नुभएको छ । कांग्रेस सभापति देउवाले विज्ञप्ति जारी गरेर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजना बनाउन अनुरोध गर्नुभएको छ । उहाँले प्रकोपबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको काम गर्नुभएको छ ।

यसै गरी नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगातारको अविरल वर्षाका कारण ठुलो जनधनको क्षति भएकाले राज्यका सबै निकायलाई जनताको दुःखमा हातेमालो गर्न आग्रह गर्नुभएको छ । अध्यक्ष प्रचण्डले शनिबार सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गरेर पार्टीका नेता कार्यकर्तालाई जनसेवामा जुट्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu