ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झ्याप्लेखोला पहिरो : मृतककाे सङ्ख्या ३० पुग्याे


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   १ : ३९   बजे

काठमाडौं १३ असोज । त्रिभुवन राजपथको झ्याप्लेखोलामा पहिरोले पुरिएको गाडीबाट अहिलेसम्म ३० जनाको शव निकालिएको छ । उक्त स्थानबाट शनिबार साँझ १४ जना र आइतबार थप १६ जनाको शव निकालिएको हो ।

त्रिभुवन राजपथ अन्तर्गत धादिङको झ्याप्लेखोलामा चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रोबसबाट १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम केसीका अनुसार चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको छ । चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो। उहाँका अनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङ सूचना अधिकारी प्रल्हाद सिलवालका अनुसार पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशङ्कामा खोजी कार्य जारी रहेको छ त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।

त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जानकारी गराएको छ । पुरिएका सवारीसाधनहरु धुजाधुजा अवस्थामा रहेको र शव पनि छुट्टाछुट्टै भेटिएकोले कुन सवारीको शव कुन हो भन्ने यकिन गर्न कठिन छ । पुरिएको अवस्थामा फेला परेको सवारीहरु टुक्राटुक्रा बनेकोले नम्बर पहिचान गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय धादिङ सूचना अधिकारी सिलवालले जानकारी दिनुभएको छ ।

गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसको भने यकिन भएको छ । एक्साभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको नम्बर देखिएपछि बसको यकिन भएको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिनुभएको छ । पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक दलका तीनजना र एक जना यात्रु रहेको भनिएपछि बीच बाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ ।

त्यस्तै, चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौं छुटेको माइक्रोबस ९जम्बो हाइस०पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको र त्यसमा कति यात्रु थिए भन्ने यकिन नभएकोले पहिरोमा अझ अन्य शव भेटिन सक्ने आशंका गरि उद्धारकर्मीको टोलीले खोजी कार्य तीव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu