काठमाडौं १३ असोज । काभ्रेपलाञ्चोकमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या आइतबार दिउँसोसम्म ३१ पुगेको छ।
त्यसैगरी १९ जना बेपत्ता भएका छन्। बाढी र पहिरोमा ४२ घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
शुक्रबारदेखि परेको वर्षातले जिल्लामा ठूलो धनजनको क्षति भएको हो।
प्रभावित क्षेत्रबाट हेलिकप्टर प्रयोग गरी ९४ जनाको उद्धार गरिएको छ।
प्रतिक्रिया दिनुहोस्