ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर बजार २४६४ अंकमा झर्‍यो, हाइड्रोपावर समूहमा बाढीको असर


एबीसी न्यूज
१३ आश्विन २०८१, आइतबार   ५ : १३   बजे

काठमाडौं १३ असोज । साताको पहिलो दिन आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा २२।३६ अंक घटेसँगै परिसूचक नेप्से २४६४ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडमा खुम्चियो ।

४६ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन व्यापार र हाइड्रोपावर उल्लेख्य घटे । व्यापार २।९७ र हाइड्रोपावर २।३६ प्रतिशत घटे । देशमा पछिल्लो समयको बाढीपहिरोले केही हाइड्रोपावर आयोजनामा क्षति पुगेपछि समग्र सेक्टरलाई नै यसले असर पारेको देखिन्छ । बैंकिङपछि यो समूह बजारको दोस्रो शक्तिशाली समूह हो ।

यस दिन मूल्य धेरै घटेका कम्पनीमा हाइड्रोपावरहरू अगाडि देखिए ।

बैंकिङ ०।७४, विकास बैंक ०।८९, फाइनान्स १।९१, होटल तथा पर्यटन १।४७, लगानी १।४०, जीवन बीमा ०।३१, माइक्रोफाइनान्स ०।१८, निर्जीवन बीमा ०।१५, अन्य १।०२ प्रतिशत घटे । उत्पादन समूह भने १।०३ प्रतिशत बढ्यो ।

 

अपर स्याङ्गे हाइड्रोपावरको १० प्रतिशत मूल्य घट्यो । अपरहेवाखोलाको ९।१, मकरजितुमाया सुरीको ८।८, पाँचथर पावरको ८।२, नेपाल फाइनान्सको ७।२, माउन्टेन हाइड्रो नेपालको ७।२, पिपुल्स पावरको ६।८ प्रतिशत मूल्य घट्यो ।

विन नेपाल लघुवित्तको मूल्य ६।५ प्रतिशत बढ्यो । इङ्वा हाइड्रोपावरको ५।४, एनएलजी इन्स्योरेन्सको ४।५ र सोनापुर सिमेन्टको ४।१ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, अपी पावर, हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu