ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ११ जना बेपत्ता


एबीसी न्यूज
१४ आश्विन २०८१, सोमबार   १२ : ५८   बजे

काठमाडौं १४ असोज । बागमती प्रदेशमा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ११६ जना पुगेको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला बाहेकका १० जिल्लामा गत बिहीबारबाट आएको अबिरल वर्षापछिको बाढी पहिरोका कारण हालसम्ममा मृत्यु हुनेको ११६ जना पुगेको हो ।

बाढी पहिरोमा परेर ८१ जना घाइते र ११ जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बाढी पहिरोबाट हालसम्म घरलगायतका संरचना ९८ वटा पूर्ण क्षति र तीन वटा आंशिक रुपमा क्षति भएको जानकारी दिनुभयो । बाढी पहिरोबाट प्रदेश प्रहरी कार्यालयको कार्यक्षेत्रभित्रका जिल्लाहरुमध्ये सबैभन्दा मानवीय क्षति काभ्रेपलाञ्चोक र त्यसपछि धादिङ जिल्लामा भएको छ ।

हालसम्म काभ्रे जिल्लामा ५० र धादिङ जिल्लामा ३९ जनाको मृत्यु भएको छ । साथै सबैभन्दा बढी घाइते काभ्रेमा ४९ जना र सिन्धुपाल्चोक जिल्लामा नौ जना भएका छन् ।यसैगरी बाढी पहिरोमा परी काभ्रे जिल्लामा नौ र सिन्धुपाल्चोक जिल्लामा दुई जना बेपत्ता भएका छन् ।

हाल सम्ममा मकवानपुरमा सात जना, सिन्धुपाल्चोकमा १० जना, दोलखामा सात जना, सिन्धुलीमा दुई जना र रामेछापमा एक जनाको बाढी पहिरोमा परेर मृत्यु भएको प्रहरीको तथ्याङ्क छ । नुवाकोट, चितवन र रसुवामा मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu