ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध संसदीय समितिमा ६ वटा उजुरी


एबीसी न्यूज
१४ आश्विन २०८१, सोमबार   १ : २०   बजे

काठमाडौं १४ असोज । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेको छ।

गएको भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्याधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो।

असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध सार्वजनिक उजरी आह्वान गरेकोमा तोकिएको १० दिन हिजोसम्म० राउतविरुद्ध ६ वटा उजुरी प्राप्त भएको समितिका एकजना कर्मचारीले जानकारी दिए।

 

असोज ३ को समितिको बैठकले प्रधानन्याधीशमा सिफारिस राउतसँगै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध पनि उजुरी माग गरेको थियो।

समितिमा प्राप्त आठ उजुरीमध्ये ६ वटा प्रधानन्यायाधीश विरुद्धका छन्। दुईवटा उजुरी राजदूत विरुद्ध परेको समिति सचिवालयले जनाएको छ।

‘तोकिएको समयमा जम्मा आठवटा उजुरी प्राप्त भएको छ, जसमा ६ वटा उजुरी सिफारिस भएका प्रधानन्याधीशविरुद्धका छन् भने २ वटा राजदूत विरुद्धका। उजुरीमा के छ भन्ने कुरा चाहिँ समितिको बैठकमा खोलेपछि मात्रै थाहा हुन्छ। दिउँसो १ बजे समितिको बैठक बस्दैछ,’ ती कर्मचारीले  भने।

प्रस्थावित प्रधानन्यायाधीश र राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोलेर छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

डीएलएको १२औँ महाधिवेशन भदौ १९ र २० गते, अध्यक्षमा आधा दर्जन आकांक्षी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu