ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीडीओपछि धादिङका एसपीलाई पनि जिम्मेवारीबाट हटाइयो


एबीसी न्यूज
१४ आश्विन २०८१, सोमबार   १ : ५१   बजे

काठमाडौं १४ असोज । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक एसपी गौतम केसीलाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई प्रहरी प्रधान कार्यालयमा तानिएको हो।

धादिङको प्रहरी प्रमुखको जिम्मेवारी एसपी दीपेन्द्र शाहीलाई जिम्मेवारी दिइएको छ। यसअघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई पनि फिर्ता गरिसकेको छ।

गृह मन्त्रालयले त्यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेलाई आइतबार नै फिर्ता बोलाउने निर्णय गरेको हो।

 

विपद्मा सन्तोषजनक काम गर्न नसकेको भन्दै सीडीओ र एसपीलाई एकसाथ जिम्मेवारीबाट हटाइएको हो। धादिङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मन्त्रालयमा कार्यरत सुमन घिमिरेलाई दिइएको छ।

काठमाडौँ आउने मुख्य नाका रहेको धादिङको झ्याप्लेखोलामा पहिरोमा परी ३५ जना यात्रुको ज्यान गएको छ। शुक्रबारदेखि नै उक्त स्थानमा पहिरो खसेर सवारी आवागमन ठप्प हुँदा पनि धादिङका प्रहरी र सीडीओले प्रभावकारी काम गर्न नसक्दा शनिबार साँझ मात्रै दुर्घटनास्थलमा खोज तथा उद्धारको काम सुरू भएको थियो।

शनिबार साँझ त्यहाँ गाडीसँगै पुरिएका १४ जनाको शव फेला परेको थियो। आइतबार थप २१ जनाको शव निकालिएको छ।

उता काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँलाई पनि फिर्ता गरिसकिएको छ। काभ्रेको प्रमुख जिल्ला अधिकारीमा रमेश ढकाल सरुवा भएका छन्।

काभ्रेका प्रमुख जिल्ला अधिकारी सेढाईँले विपद्का बेला जिल्ला छाडेका थिए। यस्तै प्रभावकारी समन्वय नहुँदा उद्धारमा ढिलाइ भएको र ठूलो जनधनको क्षति भएको भन्दै उनलाई जिम्मेवारी मुक्त गरिएको हो।

काभ्रेका तेमाल लगायतका स्थानमा पुरिएका व्यक्तिको खोजी सोमबार मात्रै सुरु भएको छ। तेमालमा एकै परिवारका ८ जना पुरिएका छन्। तीन जनाको शव निकालिएको र अरूको खोजी भइरहेको तेमाल २ का वडाध्यक्ष देवराज तामाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group