ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी-पहिरोले पनौती जलविद्युत आयोजनामा क्षति, उत्पादन बन्द


एबीसी न्यूज
१४ आश्विन २०८१, सोमबार   १ : ५६   बजे

काठमाडौं १४ असोज । अविरल वर्षाका कारण आएको बाढी(पहिरोका कारण पनौती जलविद्युत आयोजनाको विद्युत उत्पादन गृहमा क्षति पुगेको छ ।

पहिरोका कारण आयोजनाको विद्युत उत्पादन गृहदेखि मुहानसम्म असर पुगेको हो । पहिरोले मुहानसम्‍मे क्षति गर्दा आयोजनाबाट विद्युत उत्पान पूर्ण रुपमा बन्द भएको छ ।

उक्त आयोजनाको लागि प्रयोग भएको पानीको मुहान रोशी खोलास्थित पनौती नगरपालिका वडा नं ८ मल्पीमा रहेको छ । खोलामा आएको बाढीका कारण आयोजनाको ड्याम क्षेत्र रोशी खोलाले धार बदलेको छ। जसका कारण पुनः खोलालाई पुरानै धारमा ल्याउनका लागि समय लाग्ने देखिएको छ ।

त्यसैगरी आयोजनाको विद्युत उत्पादन केन्द्र खोपासीको केन्द्रको भवन रहेको दुवैतर्फबाट पहिरो आएको छ । पहिरो तथा विद्युत उत्पादन गृह नजिकैबाट बग्ने सलाँदुखोलामा आएको बाढीका कारण गृहको भवनभित्रै पहिरो तथा पानी पसेको छ। पानीका कारण आयोजनाको उपकरणहरुमा क्षति पुगेको छ ।

दुईतर्फको पहिरोले भवनमा असर पुर्‍याएको छ । पहिरोका कारण विद्युत उत्पादन गृहको भित्र तथा बाहिर रहेका उपकरणहरुमा क्षति पुगेको छ । पनौती जलविद्युतत केन्द्रका प्रमुख सविना उप्रेतीले जानकारी दिइन्। उनका अनुसार केन्द्रको ड्याममा खोलाले धार नै परिवर्तन गरेको, प्यानल बोर्ड, सर्किट ब्रेकर, टर्वाइन पानी र हिलोले छोपिएको छ ।

पनौती जलविद्युत आयोजना नेपालमा निर्माण भएको तेस्रो जलविद्युत आयोजना हो । सन् १९६५ मा तत्कालीन सोभियत संघको सहयोगमा रु २७ करोडको लागतमा निर्मित यस आयोजना २।४ मेगावाट क्षमताको रहेको छ ।

आयोजनामा ३ वटा टर्वाइन जडित रहेको र वर्षाले क्षति पुग्नु अघि २ वटा टर्वाइनबाट निरन्तर विद्युत उत्पादन भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास अभावविरुद्ध नेविसंघको प्रदर्शन, खाली सिलिन्डर बोकेर विद्यार्थी सडकमा

डीएलएको १२औँ महाधिवेशन भदौ १९ र २० गते, अध्यक्षमा आधा दर्जन आकांक्षी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu