ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीपी राजमार्गबाट खाली खुट्टै काठमाडौं फर्किरहेका छन् सर्वसाधारण


एबीसी न्यूज
१४ आश्विन २०८१, सोमबार   ४ : ०२   बजे

काठमाडौं १४ असोज । अविरल वर्षापछिको बाढी र पहिरोले ठाउँठाउँमा वीपी राजमार्ग अवरुद्ध गरेपछि काठमाडौं फर्किएका सर्वसाधारणको भकुण्डेबेसीदेखि धुलिखेल क्षेत्रमा लामो लाइन छ ।

रोशी खोलाको कटान र पहिरोले वीपी राजमार्ग अवरुद्ध गरेपछि काठमाडौंबाट पूर्वका विभिन्न जिल्लातर्फ गएका सर्वसाधारण काभ्रेको मंगलटार क्षेत्रमा रोकिएका थिए । तत्काल राजमार्ग सञ्चालनमा आउने सम्भावना नभएपछि उनीहरु काठमाडौं फर्किएका छन् । तर उनीहरुले बाटोमा खानेकुरा र पानीसमेत पाउन सकेका छैनन् ।

आइतबार नेपाली सेनाको हेलिकप्टरले वीपी राजमार्गका विभिन्न ठाउँबाट करिब २०० जनाको उद्दार गरेको थियो । तर एक हजार भन्दा बढी सर्वसाधारण त्यस क्षेत्रमा अलपत्र परेकाले उनीहरु हिँडेर काठमाडौं फर्किनुको विकल्प भएन ।

यो हुलमा बच्चादेखि वृद्धहरुसम्म छन्, बिरामीदेखि अशक्तहरुसम्म छन् । अलपत्र परेपछि उनीहरुले राज्यविहीनता मात्रै हैन, सरकारसँग सामान्य मानवीयता समेत नभएको तीतो अनुभव संगालेका छन् ।

गह्रुंगो झोला र सामानका भारी बोकेका उनीहरु अधिकांश लठ्ठी टेकेर फर्किरहेका छन् । कतै खोला तर्नुपर्ने र हिलोमा समेत हिँड्नुपर्ने हुनाले उनीहरुका जुत्ताचप्पल भिजेका छन्, त्यसले खुट्टामा घाउ बनाएको छ । कसैले हिलो टाँसिएका जुत्ता र चप्पल हातमै बोकेका छन् । खाली खुट्टा पिच रोडमा हिँडिरहेका उनीहरु सुरक्षित ठाउँमा पुग्ने हतारमा छन् ।

कोही विदेशबाट घर फर्किंदा ल्याएका ब्यागेज घिसार्दै खिन्न र थकित मुद्रामा फर्किरहेका छन् । यो भीडमा खाने कुरा किन्न समेत पैसा नहुनेहरु मात्रै छैनन्, धेरथोर पैसा हुँदा पनि भोक लाग्दा चाउचाउ किनेर खान नपाएकाहरु पनि छन् ।

 

बच्चा च्यापेका आमाहरु पनि यही भीडमा बेसाहराजस्तो बनेर पैदल हिँडिरहेको दृश्यले धेरैलाई भावुक बनाउँछ । यो कष्टकर र जोखिमपूर्ण यात्रामा उनीहरुलाई पहिरो छल्ने चुनौती मात्रै छैन, फेरि पानी बर्सिएमा कसरी यात्रा पूरा गर्ने भन्ने पीरलो पनि छ । ठाउँ–ठाउँका पहिरोहरु छिचोल्दा हरेक पटक उनीहरुले ज्यानको बाजी थापेका छन् ।

ती पैदलयात्रीका अनुसार शुक्रबार र शनिबार त उनीहरु सरकारले उद्धारको पहल गर्ला भन्ने आशामा मंगलटार र आसपासकै क्षेत्रमा बसेका थिए । लगातार पानी परिरहेकाले केही अलपत्र यात्रुले स्थानीयको घरमा बास मागे, कोही विद्यालय भवन, प्रहरी चौकी, चिसो खेल मैदानमा दिन–रात बिताए ।

२ दिनसम्म कुर्दा पनि उद्धार हुने कुनै सम्भावना नदेखेपछि उनीहरु आफ्ना सरसहान र झोला बोकेर काठमाडौंतर्फ लम्किए ।

 

यो हुलमा अधिकांश काठमाडौंबाट विभिन्न गन्तब्यका लागि हिँडेका यात्रु नै छन् । उनीहरु गन्तब्यमा पुग्न नसक्ने देखेपछि हिँडेर नै काठमाडौं फर्किने प्रण गरेर राजधानी आउँदैछन् ।

पहिलो दिन आइतबार राति उनीहरु कोही भकुण्डेबेसी र त कोही भकुण्डेभन्दा तल बास बसे । एक–दुई वटा छोटा सडक खण्डमा स्थानीय तहले आफ्नो क्षेत्रभित्र उद्धार सुविधाका नाममा चलाएका साना सवारीमा पनि चढे ।

तर, अर्को स्थानीय तहको सीमासम्म पुर्‍याएर छाडिदिने स्थानीय तहहरुको गैरसमन्वयकारी र गैरजिम्मेवार कामले उनीहरुको सकस कम हुन सकेन । त्यसैले उनीहरु भोकै प्यासै काठमाडौं फर्किंदैछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu