काठमाडौं १६ असोज । बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से २६।०७ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५९७ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७७ करोडमै सीमित भयो ।
५४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ३ को स्थिर रह्यो । फाइनान्सबाहेकका सबै क्षेत्रगत सूचक घटेका छन् । फाइनान्स १।७५ प्रतिशत बढ्यो । बैंकिङ ०।७१, विकास बैंक १।३८, होटल तथा पर्यटन १।७९, हाइड्रोपावर १।७४, लगानी १।५२, जीवन बीमा ०।४०, उत्पादन १।७९, माइक्रोफाइनान्स १।१२, निर्जीवन बीमा १।८२, व्यापार १।१८ प्रतिशत घटे ।
थ्रीस्टार हाइड्रोपावर र स्वरोजगार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । इस्टर्न हाइड्रोपावरको ९।४५, अपरहेवाखोलाको ८।०२, नेपाल वेयरहाउजिङको ७।७, उपकार लघुवित्तको ७।६, गुडविल फाइनान्सको ७।१ तथा गुराँस लघुवित्तको ४।२ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको १० तथा न्यादी हाइड्रोपावरको ९।२ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, गुडविल फाइनान्स, नेपाल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस्