ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता लिन सास्ती


मनिषा लामिछाने
२१ आश्विन २०८१, सोमबार   १२ : ०४   बजे

चितवन । माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै आइपुगेकी चितवन इच्छाकामना गाउँपालिका-१ हात्तीवाङकी सञ्चरीमाया चेपाङले दिउँसो वृद्धभत्ता प्राप्त गरिन्। उनी भत्ता लिन चार घण्टा बढी लाइनमा बसिन्।

घण्टौँ लाइनमा बसेर भत्ता रकम हातमा पर्दा उनी जति खुशी भइन्, त्यत्ति नै थकित पनि देखिन्थिन्। सञ्चरीमायामात्र होइन इच्छाकामना-३ धुषाकी छोटीमाया चेपाङले पनि चार घण्टा कुरेर भत्ता लिइन्।

कुरिनटारमै रहेको अर्को प्रभु बैंकमा पनि आइतबार उस्तै भीड थियो। वृद्धवृद्धा भत्ता रकम कतिखेर झिक्न पाइन्छ भनेर कुरेर बसेका थिए। बिहानैदेखि आएर कागजपत्र बुझाएका इच्छाकामना २ फुर्केडाँडाका बलबहादुर चेपाङले दिउँसो भत्ता रकम लिन पाएनन्। बैंकमा  सामाजिक सुरक्षा भत्ता लिने र अन्य सेवाग्राहीको घुइँचो थियो ।

माछापुच्छ्रे  बैंकमा भत्ता लिन आउनेलाई सहजीकरणका लागि सहयोग गर्न आएका इच्छाकामना – १ हात्तीवाङका तिलक गिरीले भत्ता लिन वृद्धवृद्धा दिनभर लाइनमा बस्नुपरेको बताए। विकट स्थानबाट आएका वृद्धवृद्धालाई छिटोछरितो सहज रूपमा भत्ता लिने वातावरण सृजना गर्नुपर्ने उनको भनाइ छ। सकेसम्म वडामै भत्ता वितरण गर्नुपर्ने उनको भनाइ छ।

इच्छाकामना वडा नं १ र २ बाट कुरिनटारमा रहेको बैंकसम्म गाडी रिजर्भ गरेर  भत्ता लिन आएको उनले बताए। यस क्रममा आवतजावत गर्न जनही ७०० रुपैयाँ गाडी भाडामा मात्र खर्च भयो। ‘करिब तीन घण्टाको बाटो गाडी रिजर्भ गरेर यहाँ भत्ता रकम लिन वृद्धवृद्धा आउनुभएको छ’, उनले भने, ‘भाडा मात्र ७०० लाग्छ। वडामै भत्ता वितरण गरेको भए त्यो रकम बच्थ्यो र यहाँ आएर यसरी लाइन बस्नुपर्ने थिएन।’

इच्छाकामना- १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले वडामै भत्ता वितरणका लागि बैंकसँग आग्रह गरे पनि बैंकले सुरक्षा र कर्मचारीको अभाव जनाउँदै उक्त सेवा दिन नमानेको बताए। ‘मैले गत वर्ष नै बैंकलाई वडामै भत्ता वितरणका लागि आग्रह गरेको थिएँ’, उनले भने, बैंकले कर्मचारी अभाव र नगद बोकेर जान सुरक्षित नहुने भन्दै मानेन।’ अशक्तका लागि हकवालाले बैंकमा गएर भत्ता लिन सक्ने व्यवस्था गरेको उनले बताए। आगामी दिनमा कसरी हुन्छ भत्ता वितरणलाई थप  सहज बनाउन बैंकसँग छलफल गर्ने  बताए।

माछापुच्छ्रे बैंक कुरिनटार शाखाका प्रबन्धक  प्रकाश अधिकारीले  सकेसम्म सामाजिक सुरक्षा भत्ता वितरणमा सहज बनाएको दाबी गरे। उनले वडाको सिफारिसमा अशक्त वृद्धवृद्धालाई हकवालामार्फत भत्ता उपलब्ध गराइरहेको बताए। ‘हामीले बैंकसम्म आउन नसक्नेलाई वडाको सिफारिसमा हकवालाले भत्ता रकम बुझ्न पाउने व्यवस्था गरेका छौँ। दशैँका बेला भएकाले सबै वृद्धवृद्धा एकैपटक आउँदा केही समस्या भएको हो’, उनले भने। यो समयमा अन्य सेवाग्राहीको समेत घुइँचो लाग्ने भएकाले केही असहज भएको उनको भनाइ छ ।

बैंकमा कर्मचारी अभावका कारण वडामै पुगेर भत्ता वितरण गर्न नसकेको बैंकका प्रबन्धक अधिकारीले बताए। गाउँपालिकाले ग्लोबल आईएमई, प्रभु र माछापुच्छ्रे बैंकमार्फत भत्ता वितरण गर्दै आइरहेको छ।  इच्छाकामनाको माथिल्लो भेगका ज्येष्ठ नागरिकले वृद्धभत्ता प्राप्त गर्न पनि सास्ती व्यहोर्दै आएका छन्। सकेसम्म टोलटोलमै पुगेर भत्ता वितरण गर्नुपर्ने त्यत्ति पनि नभए वडास्तरबाटै वितरण गर्नुपर्ने यहाँका ज्येष्ठ नागरिकको माग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group