ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मारवाडी सेवा भोजनालयलाई दुई लाख जरिवाना


एबीसी न्यूज
२१ आश्विन २०८१, सोमबार   १२ : २१   बजे

काठमाडौं २१ असोज । अजिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको मारवाडी सेवा भोजनालयलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । लिएको मूल्य अनुसार खाजाको प्याकेटमा कम परिमाण रहेको पाइएपछि प्रशासनले उसलाई जरिवानासहित कारवाही गरेको हो ।

असोज २० गते आइतबार जिल्ला प्रशासन कार्यालय, कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय एकाइ, पोखरामा लागूऔषधसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागीलाई खाजा खुवाउन उक्त भोजनालयबाट अर्डर गरिएकोमा भोजनालयले अर्डरबमोजिम वस्तु उपलब्ध नगरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ खण्ड ९ङ० बमोजिम कसूर गरेको पाइएकाले कारबाही गरिएको प्रशासनले जनाएको छ ।

खाजाको प्याकेटमा समोसा, मिठाई, फ्रुटी खानेकुरा राख्नु भनी पेश्कीसमेत भुक्तानी भएकामा फ्रुटी तथा मिठाई नराखेको र सञ्चालकलाई कारण सोध्दा चित्तबुझ्दो जवाफ नदिएकाले कारबाही गरिएको बताइएको छ ।

प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मारवाडी सेवा भोजनालयले उपलब्ध गराएको खाजा सम्बन्धमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ९ङ० बमोजिमको कसुर गरेको पाइएकोले उक्त भोजनालयलाई सोही ऐनको दफा ३९ को उपदफा ९१० को खण्ड ९ख० बमोजिम दुई लाख रुपियाँ जरिवाना गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu