ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा र भैरहवामा हिमालयले १ सय ८० सिटको न्यरोबडी उडाउने


एबीसी न्यूज
२१ आश्विन २०८१, सोमबार   १ : ०१   बजे

काठमाडौं २१ असोज ।   निजी वायुसेवाका साना विमानमा यात्रुको चाप तथा टिकट सहजै नपाइने भएपछि काठमाडौंबाट पोखरा र भैरहवामा हिमालय एयरलायन्सले पनि उडान गर्ने भएको छ ।

हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दसैँअघि उडान गर्ने योजना रहेको बताए ।

‘यदि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलायन्सलाई अनुमति जारी गर्छ भने हामी उडान भर्न सकारात्मक छौं, हिमालयका प्रशासनिक उपाध्यक्ष श्रेष्ठले कान्तिपुरसँग भने ।

हिमालयले यात्रुको माग अनुसार यी दुई रुटमा १ सय ८० सिटको न्यरोबडी वा १ सय १४ सिट क्षमताको एयरबस ए–३१९ मध्ये कुनै पनि प्रकारको जहाज पठाउन सकिने जनाएको छ ।

पर्यटन राज्यमन्त्री अरुण चौधरीले गएको साता भएको बाढी पहिरोले सबै जसो राजमार्ग अवरोध गरेका कारण नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका न्यरोबडी विमान पठाउन सरकारले पहल गरेको बताए ।

‘विपतका बेला बुद्ध, यति र श्री एयरलायन्ससँग भएका दुई दर्जन ७२ सिट हाराहारीका जहाजमा यात्रुले सजिलै टिकट नपाउने, पाइहाले पनि अधिकतम मूल्यको टिकट पाउने भएकाले हामीले विराटनगर र धनगढी पनि दुवै वायुसेवा कम्पनीका न्यरोबडी जहाज पठाउन मन्त्रालयकातर्फबाट पहल गरेका हौ,’ राज्य मन्त्री चौधरीले भने, ‘नेपाल वायुसेवा निगमले आइतबार उडान अनुमतिका लागि प्राधिकरणमा पहल गरिसकेको छ । अनुमति प्राप्त हुनेबित्तिकै निगमको भैरहवा उडानको टिकट विक्री खुल्दै छ ।’

उनले हिमालयलाई पनि यात्रुको चाप अनुसार, पोखरा र भैरहवामा उडान अनुमति दिन सरकारले पहल गरिरहेको बताए ।

यी रुटमा यात्रुलाई उडाउन न्यरोबडी जहाज पठाउँदा वायुसेवा कम्पनीलाई फाइदा नभएको बताउँदै राज्यमन्त्री चौधरीले राज्यको उपस्थिति देखाउन यो निर्णय लिनु परेको बताए ।

‘हामी दुवै वायुसेवालाई इन्धन, विमानस्थलमा तिर्नुपर्ने ल्यान्डिङ, पार्किङ लगायतका शुल्क मिनाहाका लागि पहल गरिरहेका छौं,’ राज्यमन्त्री चौधरीले भने, ‘यी दुवै वायुसेवा कम्पनीले आफ्ना नियमित अन्तर्राष्ट्रिय उडानलाई असर नपारेर आन्तरिक उडान गर्ने छन् ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu