ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी–पहिरोको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जा मन्त्रीको छलफल


एबीसी न्यूज
२१ आश्विन २०८१, सोमबार   १ : ४८   बजे

काठमाडौं २१ असोज ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाढी–पहिरोका कारण देशभर पुगेको क्षतिबारे सातवटै प्रदेशका मन्त्री तथा सचिवसँग छलफल गरेका छन्।

मन्त्री खड्काले आइतबार सातै प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र सचिवसँग ुभर्चुअल बैठकु गरी बाढीपहिरोले पुर्‍याएको क्षतिको अवस्था र अब गर्नुपर्ने कामका बारेमा जानकारी लिए।

बैठकमा मन्त्री खड्काले देशभर परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा अर्बौं रूपैयाँको क्षति पुगेको भन्दै यसलाई पुनर्निर्माणका लागि तीनवटै सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए।

हामीले अहिले स्वास्थ्य उपचार, खानेपानी, विद्युतको उपलब्धता र फूल खेल्न लागेको खेतीलाई सिँचाइको अस्थायी व्यवस्था गर्नुपर्नेछ, यसका लागि स्थानीय तहसँग समन्वय गरेर सबै प्रदेश लाग्नुहोस्, केन्द्र सरकारबाट हुने सहयोग तपाईंहरूलाई हुन्छ, उनले भने।

मन्त्री खड्काले छरिएर रहेको बजेटलाई एक ठाउँमा राखेर खर्च गर्नसमेत सबै प्रदेश सरकारलाई आग्रह गरे। उनले दुई ठूला पार्टी मिलेर मजबुद सरकार बनेकाले जनतालाई अनुभूति हुने खालको काम गर्नुपर्ने बताए।

खर्च गर्न नसकेको बजेटलाई रकमान्तरण गरेर आयोजना सम्पन्न गर्न लाग्नु पर्ने उनको भनाइ छ।

बैठकमा ऊर्जा सचिव सुरेश आचार्यले बाढीपहिरोका कारण नयाँ आयोजना सम्पन्न गर्न कठिनाइ भइरहेको भन्दै पुराना आयोजना पुनः निर्माण र सकिन लागेका आयोजनालाई सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए।

उनले अर्थ मन्त्रालयले भर्खंरै विपद् व्यवस्थापनका लागि पाँच अर्ब रूपैयाँ बजेट निकासा गरेको भन्दै उक्त बजेटले तत्कालै नगरी नहुने समस्यालाई समाधान गर्न सरकार लाग्ने बताए।

बैठकमा कोशी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एकराज कार्कीले यही असोज १० देखि १२ गतेसम्म आएको बाढीले कोशी प्रदेशको सिँचाइ र तटबन्धनमा ९७ करोड ६४ लाख रूपैयाँ क्षति पुर्‍याएको बताए।

मधेस प्रदेशका मन्त्री शेषनारायण यादवले ठूला नदीमा आएको बाढीका कारण मधेस प्रदेशमा सिँचाइ र तटबन्धनतर्फ रु ७४ करोड ९५ लाखको क्षति पुगेको बताए।

बागमती प्रदेशका मन्त्री श्याम खड्काले उक्त बाढीपहिरोबाट बागमती प्रदेशमा सिँचाइ र तटबन्धनतर्फ एक अर्ब ९७ करोड रूपैयाँ क्षति पुगेको बताए।

गण्डकी प्रदेशका मन्त्री फणिन्द्र देवकोटाले तीन दिनको वर्षाले आएको बाढीपहिरोले गण्डकी प्रदेशको सिँचाइ र तटबन्धनतर्फ २३ करोड ६८ लाख रूपैयाँको क्षति पुगेको उल्लेख गरे।

लुम्बिनी प्रदेशका मन्त्री सीता शर्माले बाढीपहिरोले लुम्बिनी प्रदेशका १२ जिल्लामा ४४ करोड ६६ लाख रूपैयाँको क्षति पुगेको बताए।

यस्तै, कर्णाली प्रदेशका मन्त्री विजया बुढाले यसवर्ष कर्णालीभित्र बाढीपहिरोका कारण सिँचाइ र तटबन्धनको क्षेत्रमा ३३ करोड १३ लाख रूपैयाँ बराबरको क्षति पुगेको बताए।

सुदूरपश्चिम प्रदेशका मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण ४७ करोडको क्षति पुगेको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu