ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौँँ-अर्थमन्त्री


एबीसी न्यूज
२१ आश्विन २०८१, सोमबार   ३ : ४४   बजे

काठमाडौं २१ असोज । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पनि सुरक्षित नहुने जिकिर गरे।

‘यो राजश्वको लक्ष्य पूरा भएन भने हामी कोही सुरक्षित छैनौँ। कोही पनि सुरक्षित छैनौँ। मन्त्री पनि सुरक्षित छैन, सचिव पनि सुरक्षित छैन, विभागका महानिर्देशकहरू पनि सुरक्षित हुनुहुन्न। उपमहानिर्देशक सुरक्षित हुनुहुन्न। कार्यालयका प्रमुखहरू सुरक्षित हुनुहुन्न। कोही पनि सुरक्षित हुँदैन। म स्वयं सुरक्षित छैन। हामीले लिएको राजश्वको लक्ष्य जसरी पनि पूरा गर्नुपर्छ। यो लक्ष्य पूरा गर्नका निम्ति हामी करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्छ। त्रास, आतंक, भय सिर्जना गर्ने, भय दोहन गर्ने तरिकाबाट आजको कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्छ,’ उनले भने।

 

अर्थमन्त्री पौडेलले राजश्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरूलाई निर्देशनसमेत दिएका छन्। उनले लक्ष्य पूरा गर्नका लागि करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने उल्लेख गरे।

त्रास, आतंक, भय सिर्जना गर्नेकामबाट कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्ने बताउँदै उनले अधिकांश कर कार्यालयहरूमा सेवाग्राहीहरूलाई गर्ने व्यवहारमा सुधार भएको र अझै केहीमा हुन नसकेको भन्दै करदातामैत्री व्यवहार गर्न निर्देशन दिए।

‘के बुझ्नुपर्छ भने यदी हामीले भय दहन गर्नखोज्छौँ, त्रास सिर्जना गर्न खोज्छौँ भने एउटा यस्तो विन्दु आउँछ, जतिबेला मान्छेले प्रतिवाद गर्दछ। प्रतिवादमा उत्रियो भने काम तमाम हुन्छ। कर दातासँग मैत्रीपूर्ण व्यवहार गर्ने हो। उनीहरूका गल्ती, कमजोरीप्रति सहिष्णु बन्न सकिँदैन, गल्ती कमजोरीलाई देखाउने हो, सच्याउन लगाउने हो,’ अर्थमन्त्री पौडेलले भने, ‘कुनैपनि प्रकारका चिटिङलाई दायरामा ल्याउने हो। नियमन गर्ने हो, अनुचित ढंगले छुट दिने, अन्देखा गर्ने होइन। तर तर्साउने, धम्क्याउने काम हाम्रो कर प्रशासनले गर्दैन। मिठो बोलेर के बिग्रिन्छ। विभिन्न कर कार्यालयहरूमा सेवाग्राहीहरूलाई कस्तो व्यवहार हुन्छ जानकारी दिनुस् भनेको छु। धेरै ठाउँमा सुधार भएका छन्, मैत्रीपूर्ण व्यवहार गर्नुभएको छ, मिठो बोल्ने गर्नुभएको छ। तर कतिपय ठाउँमा अझै आदत बदलिएको छैन।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu