ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३७ अंकको उचाइपछि नेप्से २७ सयनजिक, ७ अर्बको सेयर किनबेच


एबीसी न्यूज
२१ आश्विन २०८१, सोमबार   ३ : ५४   बजे

काठमाडौं २१ असोज । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज ७ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

नेप्सेका अनुसार बजार परिसूचकले आज ३७।१३ अंकको उचाइ लिएको हो।  दिनभरिमा १।३९ प्रतिशतले बजार बढेसँगै १ करोड ५८ लाख कित्ता सेयर बिक्री भएको थियो। उक्त खरिदबिक्रीमा १७६ कम्पनीका लगानीकर्ताले कमाउँदा ६६ वटाका सेयरधनीले गुमाएका छन्।

 

दुई कम्पनीका लगानीकर्ताले भने कमाउनु र गुमाउनुपरेन।   आइतबार ५६ अंकले सूचक बढ्दा ६ अर्ब १३ करोडको सेयर किनबेच भएको थियो।

सोमबार धेरै कमाउनेमा थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ता छन्। उनीहरुले प्रतिकित्ता ८८ रुपैयाँ आम्दानी गरे। त्यस्तै डोल्टी पावरका लगानीकर्ताले ४८ रुपैयाँ प्रतिकित्ता कमाउँदा एनआईसी एसिया फ्लेक्सी क्याप फन्डका सेयरधनीले प्रतिकित्ता ०।७५ रुपैयाँ, जोशी हाइड्रोपावरका लगानीकर्ताले २४ रुपैयाँ र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले २७।७० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।

आज इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले ९९।७० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोर्दा कुमारी सबल योजनाका सेयरधनीले ०।६९ रुपैयाँ, विन नेपाल लघुवित्तका सेयरधनीले १७४ रुपैयाँ, जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले ६७।६० रुपैयाँ र पोखरा फाइनान्सका लगानीकर्ताले २५ रुपैयाँ गुमाएका छन्।

चन्द्रागिरि हिल्सको उच्च कारोबार
आज चन्द्रागिरि हिल्सको उच्च कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ९५२ रुपैयाँ मूल्यमा २६ करोड २३ लाखको सेयर खरिदबिक्री भएको हो।

यसबाहेक एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २४ करोड ११ लाखको, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ७८ लाख, नेपाल फाइनान्सको २३ करोड ५१ लाख र गुडविल फाइनान्सको २३ करोडको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu