काठमाडौं । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सोमबार दिउँसो भएको दुर्घटनामा ज्यान गुमाउने दुईजनामध्ये एकजनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली एसपी गोविन्दराज काफ्लेका अनुसार भोजपुर हतुवागढी गाउँपालिका–१ का बुद्धिमान तामाङको सनाखत भएको हो। अर्का एकजनाको भने अझै पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
मृतक तामाङको पर्समा भएको एटीएम र गाडीको टिकटका आधारमा प्रहरीले सनाखत गरेको हो। मृतक तामाङको परिवारसँग समन्वय भइसकेको उनले बताए।
सोमबार दिउँसो बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुईजनाको निधन भएको थियो।
गाडीमा सवार यात्रुको संख्या यकिन भइनसकेको र पहिचान हुन बाँकी अर्का एकजनाका परिवारसँग पुग्ने समन्वय भइरहेको काफ्लेले बताए।
प्रतिक्रिया दिनुहोस्