काठमाडौं । दैलेखको चामुण्डाबीन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा २३ यात्रु बोकेको गाडी दुर्घटनामा परेको छ।
प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डा-२ चाल्ले चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२- ००१ ख ०-९०६ नम्बरको गाडी सोमबार राति ९ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनील दाहलले जानकारी दिए।
उनका अनुसार दुर्घटनापछि च्यापिएर घाइते चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ सिंहासैनका २२ वर्षीय प्रकाश बुढाको मृत्यु भएको हो।
प्रहरीका अनुसार अन्य यात्रु भने सकुशल छन्। उकालोमा जाँदा टायर चिप्लिएर गाडी दुर्घटना भएको डीएसपी दाहालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्