काठमाडौं २२ असोज । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनतालाई दुख परेका बेला राज्यले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । जनतालाई दुख परेको बेला अभिभावकत्व निभाउने जिम्मेवारी राज्यको हो । तर अहिले राज्यले यो भूमिका निभाउन सकिरहेको छ कि छैन? महरको प्रश्न छ ।
मंगलबार बानेश्वरमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँगको शुभकामना आदान प्रदान कार्यक्रममा नेता महरले भर्खर भीषण वर्षा, बाढी पहिरोले सयौं जनताले ज्यान गुमाउनु परेको बताए ।
अर्बौंको क्षति भएको छ । प्रभावित जनताको गाँस, बाँस र कपास चाडपर्वको मुखमै खोसिएर बिचल्ली भएको छ। यस्तो संवेदनशील बेलामा सरकारको कमजोर उपस्तिथि देखियो। विपत्तिले गर्दा शिक्षा, स्वास्थ्य क्षेत्रमा ठूलो असहजता सिर्जना भएको छ,ु उनले भने, मार्कामा परेका जनताको अभिभावकीय जिम्मेवारी बहनमा सरकारले विशेष ध्यानदिनु पर्दछ।
उनले सरकारले अवरुद्ध भएका सडक राजमार्गहरू दसैँका बेला समेत सरकारले खुलाउन नसकिरहेकोमा आलोचना गरे ।
सडक बन्द छन् । यही बेला हवाई भाडा नेपालभित्रभन्दा भारत जान सस्तो पर्ने अवस्था छ । नागरिकले महँगी, कालोबजारी, कृतिम अभाव र ठगीजस्ता सास्ती भोगिरहेका छन्, उनले भने । उनले भातृ संस्थाहरुको अधिवेशनबारे आफूले चैतभित्रै अधिवेशन गराउन निरन्तर पहल गर्दै आएको बताए ।
प्रतिक्रिया दिनुहोस्