ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले संविधान संसोधनको कुरा उठाएपनि संविधान नै खारेज गर्न चाहान्छ – अध्यक्ष प्रचण्ड (भिडियोसहित)


एबीसी न्यूज
२३ आश्विन २०८१, बुधबार   १० : ४७   बजे

काठमाडौं, २३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा संकट परेका बेला सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् । बुधवार सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले अहिलेको सङ्कटमा पनि सरकार, प्रतिपक्ष, मिडिया र नागरिकहरू सँगै मिलेर सामना गर्नुपर्ने बताए । उनले अप्ठ्यारो परिस्थितिमा सरकारलाई गाली गर्ने नभई सजग रूपमा सबै मिलेर सामना गर्ने नेपाली परम्परा भएको समेत बताए । एक अर्को प्रसंगमा प्रचण्डले भने देशमा भूराजनीतिक रूपमा मात्रै समस्या आएको नभई भौगोलिक बनावटले पनि संकट निम्त्याइरहेको छ

 

 

प्रचण्डले संविधान संशोधनको विषय एमाले र कांग्रेसले उठाए पनि एमाले नेतृत्वले यो संविधान नै खारेज गर्ने चाहना राखेको आरोप लगाए । उनले भने जसरी यो सरकार अप्राकृतिक, अपिवत्र र अपारदर्शी छ, त्यसैगरी उसले संविधान खारेज गर्न चाहेको छ । प्रचण्डले थप्दै भने विगतमा एमालेले संसद विघटना गरेको संविधान नै खारेज गर्ने उद्धेश्यका लागि थियो । विभिन्न गठबन्धनको नेतृत्व गरेको सन्दर्भमा पछिल्लो पटक एमालेसंगको गठबन्धनमा गम्भीर त्रुटी भएको प्रचण्डले खुलस्तै बताए । ज्ञानेन्द्रको भुटान भ्रमण पनि आन्तरिक राजनीतिक संकटकै उपज भएपनि कुनै किसिमले पनि राजतन्त्र व्युंतने सम्भावना छैन भन्दै पूर्व प्रधानमन्त्री प्रच्ण्डले भने इतिहासको गति र ज्ञानेन्द्रको आफ्नै विगतले पनि अब नेपालमा राजतन्त्र व्युंतने कुनै सम्भावना छैन, उनले भने । देशलाई बंगलादेश बनाउने भन्यो भनेर दुस्प्रचार गरिएको भन्दै उनलेभ स्पष्टीकरण दिए कसैले चाहेर पनि नेपाल बंगलादेश बन्न त सक्दैन । तर संकट यसैगरी बढ्दा जस्तो पनि विस्फोट हुनसक्ने कुरालाई गम्भीरता पूर्वक लिनु पर्छ । दशैं तिहार र छठ पर्वको उपलक्ष्यमा शुभकामना दिंदै पूर्वं प्रधानमन्त्री प्रचण्डले अहिलेको आवश्यकता हालैको बाढी पहिरो र डुवानबाट पिडीत भएका जनतालाई तत्काल राहत र पुनस्थापना गर्ने अभियानमा आफ्नो पार्टी लागि पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेरी नदीमा खसेको जिपसहित दुई यात्रु बेपत्ता

रोल्पा पहिरो: मृत्यु हुनेको संख्या १० पुग्यो, तीन अझै बेपत्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu