कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ ।
आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरखसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिए ।
चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा काठ, ट्याक्टर र त्यसमा संलग्न खानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्