काठमाडौं ३० असोज । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना पर्वतारोहीको शव काठमाडौँ ल्याइएको छ।
सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव ल्याइएको पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीले जानकारी दिए।
हिजो मंगलबार० मात्रै आईएम ट्रेकिङ एण्ड एक्सपिडिसनका प्रतिनिधिलाई बोलाएर शव संकलनका लागि महानिर्देशक रेग्मीले ताकेता गरेका थिए।
बुधबार, बिहीबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो। शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेका थिएनन्।
प्रतिक्रिया दिनुहोस्