काठमाडौं ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले बुधबार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको परम्परागत सम्बन्ध, दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी भेटमा बाढी, पहिरोबाट प्रभावित वीपी राजमार्ग पुनः निर्माणमा जापानबाट हुन सक्ने सहयोगका विषयमा समेत छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्