ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिपी राजमार्गमा सवारीसाधन खचाखच


एबीसी न्यूज
१ कार्तिक २०८१, बिहिबार   ११ : ४२   बजे

काठमाडौं १ कार्तिक । पूर्वी तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा यातायातको चाप बढ्दै गएको छ । असोजको दोस्रो सातामा अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले भत्काएर क्षतविक्षत पारेको बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डमा ट्र्याक सडक निर्माणसँगै यातायातको चाप बढेको हो ।

“नेपालथोक–भकुण्डेबेँसी खण्डको सडक बाढीले भत्काएसँगै दुई सातासम्म बिपी राजमार्गमा वरपरका बाहेक यातायातका साधन सुनसान जस्तै देखिन्थ्यो,” कमलामाई नगरपालिका–२, चियाबारी निवासी शेरबहादुर मगर भन्नुहुन्छ, “भत्काएको ठाउँमा ट्र्याक सडक बनाएसँगै दसैँको टीकाको भोलिपल्टदेखि यातायातको चहलपहल बढ्दै गएको छ । होटेलको व्यापार व्यवसाय पनि बढ्दै गएको छ ।”

उहाँका अनुसार बाढीले सडक भत्काएसँगै राजमार्गमा यातायात ठप्प हुँदा यात्रुलाई खाना र खाजा खुवाउन भ्याइनभ्याइ हुने चियाबारीका होटेल सुनसान भएको थियो । अहिले ती होटेल पनि पहिलेको जस्तै लयमा फर्किँदै गएका छन् । दसैँ, तिहार जस्ता चाडपर्वका बेलामा उसै पनि सधैँ जसो बिपी राजमार्गमा यातायातको चाप हुने गर्छ ।

बर्दीबासदेखि धुलिखेलसम्म कुल १६० किलोमिटर लामो बिपी राजमार्गको सिन्धुली जिल्लाको नेपालथोकदेखि काभ्रे जिल्लाको भकुण्डेँसी खण्डमा असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि रोसी खोलामा आएको बाढीले १० किलोमिटरभन्दा बढी सडक भत्काएर क्षतविक्षत बनाएको छ । उक्त भत्काएको ठाउँमा कतै एकतर्फी र कतै दोहोरो यातायात सञ्चालन हुने गरी अस्थायी ट्र्याक निर्माण गरिएको छ । बिपी राजमार्ग सञ्चालन भएसँगै राजधानी जाने र राजधानीबाट फर्किने यात्रुको लर्को लागेको छ । गोलन्जोर गाउँपालिका–५, खनियाखर्कस्थित लेकाली होटेल तथा भान्साघरका सञ्चालक विवश थापा बिपी राजमार्गमा गाडीको चाप बढेसँगै आफ्नो व्यवसायमा पनि सुधार आएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “बिपी राजमार्ग भत्किएर गाडी बन्द हुँदा व्यवसाय शून्य नै थियो । गाउँतिरकै दुई÷चार जनाभन्दा ग्राहक कोही आउँदैनथे । गाडीको चार्ज त झन् ठप्प नै थियो । ट्र्याक बनेर गाडी खुलेसँगै व्यवसायमा सुधार हुन थालेको छ ।” गाडी बन्द हुँदा यात्रुले पाउने सास्तीसँगै सबैभन्दा बढी मारमा व्यवसायी परेको उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu