ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ सय नाघ्यो


एबीसी न्यूज
१ कार्तिक २०८१, बिहिबार   १ : ०७   बजे

काठमाडौं १ कार्तिक । मकवानपुरमा डेंगु सङ्क्रमण तीव्र गतिमा बढेको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा जिल्लामा एक हजार १५३ जनामा डेंगु पुष्टि भएको हो । गत आर्थिक वर्षमा जिल्लामा ८९१ जनामा डेंगु भएकोमा चालु आवको तीन महिनामा डेंगु सङ्क्रमण ह्वातै बढेको तथ्याङ्क छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ५९२ पुरुष र ५६१ जना महिलामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् । यहाँ ४६७ पुरुष र ४६९ महिलागरी ९३६ जनामा डेंगुु सङ्क्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै मनहरी गाउँपालिकामा ६९ जना, मकवानपुरगढी गाउँपालिकामा ३३, भीमफेदी गाउँपालिकामा १७ जना, बकैया गाउँपालिकामा १५, थाहा नगरपालिकामा ११, कैलाशमा ७, बागमती र राक्सिराङ गाउँपालिकामा दुई–दुईजनामा डेंगु पुष्टि भएको हो । अन्य जिल्लाका २४ जना र ठेगाना नखुलेको ३७ जनामा डेंगु पुष्टि भइसकेको छ । जिल्लाको इन्द्र सरोवरमा डेंगु सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।

त्यस्तै जिल्लामा स्क्रब टाइफसका बिरामीको सङ्ख्या ३३८ पुगेको तथ्याङ्क छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा महिनामा २२० महिला र ११८ पुरुष स्क्रब टाइफसबाट प्रभावित बनेका हुन ।

हेटौँडा उपमहानगरपालिकामा २०७, मकवानपुरगढीमा ४८, मनहरीमा २३, बकैयामा २० जना र भिमफेदीमा १७ जना, राक्सिराङमा चार जना स्क्रब टाइफसबाट प्रभावित हुनुभएको छ । त्यस्तै बागमतीमा तीन जना, कैलाशमा २, इन्द्रसरोबरमा एकजना प्रभावित हुनुभएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अन्य जिल्लाका नौ र ठेगाना नखुलेका चार जना स्क्रब टाइफसबाट प्रभावित हुनुभएको छ ।

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा ९माइट० को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जिवाणुबाट लाग्दछ । माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group