ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनौती समाधानका लागि गठबन्धन : एमाले महासचिव पोखरेल


एबीसी न्यूज
१ कार्तिक २०८१, बिहिबार   २ : ३२   बजे

काठमाडौं १ कार्तिक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको राजनीतिमा देखिएको सबैभन्दा जटिल र चुनौतीपूर्ण समस्यालाई हल गर्न नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य भएको बताउनुभएको छ ।

एमाले बाँके क्षेत्र नम्बर १ क्षेत्रीय समन्वय कमिटीले बिहीबार कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा महासचिव पोखरेलले बहुदलीय व्यवस्था पुनस्र्थापनापछिका ३४ वर्षमा २८ पटक प्रधानमन्त्री हुनु आफैमा गम्भीर विषय भएको बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘देश बन्नका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक पार्टी र राजनीतिक स्थायित्व आवश्यक हुन्छ, जुन नेपालमा हालसम्म देखिएको छैन ।’

उहाँले पछिल्लो समय राजनीतिमा देखिएका समस्यालाई समाधानका लागि प्रमुख दुई राजनीतिक दलबिच सरकार सञ्चालनमा सहकार्य भएको प्रष्ट पार्नुभयो ।

राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्यका लागि वर्तमान सत्ता गठबन्धन बनेको उहाँको भनाइ छ । एमाले र कांग्रेसको गठबन्धन भएपछि मिसन ८४ पहिलो प्राथमिकता रहेको महासचिव पोखरेलले बताउनुभयो ।

भारत र चीनमा बलियो राजनीतिक शक्ति र राजनीतिक स्थायित्व भएकाले ती देश विश्वमै विकासको हिसाबले अगाडि बढ्न सकेको बताउनुभयो ।

आगामी निर्वाचनबाट एमालेलाई निर्णायक राजनीतिक शक्ति बनाउन आवश्यक भएको भन्दै उहाँले यसमा असफल हुने छुट कसैलाई नभएको दाबी गर्नुभयो । हरेक वडामा कम्तिमा मतदाताको ३ प्रतिशत पार्टी सदस्य बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले हरेक कमिटीमा पार्टीलाई एकताबद्ध बनाउन सकेमात्र मिसन ८४ सफल हुने दाबी गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu