काठमाडौं २ कात्तिक । प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बोलाएको विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् ।
बैठक केहीबेरदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिपक्षी दलका नेताको कार्यकक्षमा चलिरहेको छ । लोसपाबाट शरदसिंह भण्डारी श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् ।
समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको दाहालको सचिवालयले जनाएको छ ।
बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल आजपा सहभागी छन् । बैठकमा आज रास्वपाका ६ जना नेताहरू सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्