ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिकित्सक हडतालमा, बिरामी मर्कामा


एबीसी न्यूज
२ कार्तिक २०८१, शुक्रबार   १ : ५२   बजे

काठमाडौं २ कात्तिक । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीका चिकित्सक तथा कर्मचारीहरुको हडतालका कारणले बिरामीहरु मर्कामा परेका छन् ।

बिहीबार अस्पताल प्रशासनले अस्पतालमा कार्यरत करारका कर्मचारीहरुलाई म्याद थप नभएकाले कामकाज नगर्न सूचना प्रकाशन गरेपछि करारका चिकित्सक तथा कर्मचारीहरुले शुक्रबार कामकाज नगरेपछि बिरामीहरु मर्कामा परेका हुन् ।

एकातर्फ प्रादेशिक अस्पताल जलेश्वरमा कार्यरत रहेका १५ जना छात्रवृत्ति करारका चिकित्सक तथा कर्मचारीहरुले साउन महिनादेखि तलब नपाएको भन्दै हडतालको तयारीमा थिएँ भने अर्कोतर्फ करारका कर्मचारीहरुको म्याद नथपिएपछि अस्पतालको कामकाज ठप्प भएको हो ।

अस्पतालको ओपीडिमा आएका बिरामीहरुलाई चिकित्सकले परीक्षण नगरेपछि बिरामी आक्रोशित भएका छन् भने असजिलो महसुस गरेका बिरामीहरुले इमरजेन्सीमा परीक्षण गरेका थिए ।

चिकित्सकहरु ओपीडिमा नबस्दा बच्चा लिएर आएका बिरामीहरु, हाड सम्बन्धी, गाइनो सम्बन्धी चेकजाँचका लागि आएका बिरामीहरु निराश देखिएका थिए ।

हडतालमा उत्रिनुभएका अस्थायी करारका चिकित्सक डा।कृष्णा पंजियारले एकातर्फ साउन महिनादेखि आफुहरुले नियुक्ति तथा तलब पाएका छैनौं भने अर्को तर्फ अस्पताल प्रशासनले कामकाजका लागि म्याद थप्न नसकिने गरी सूचना प्रकाशन गरेपछि आफुहरु अन्यौलतामा रहेको बताउनुभयो ।

उहाँले ओपीडिमा चेकजाँच नभए पनि इमरजेन्सी सञ्चालनमा कुनै बाधा नरहेको जानकारी दिनुभयो ।

अस्पताल प्रशासनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनकपुरधामको मिति २०८१र६र४ गतेको पत्र ९मिति २०८१र६र२ गतेको मन्त्रिस्तरीय निर्णय० को आधारमा २०८१ साउन १ गतेदेखि बढीमा तीन महिनाका लागि म्याद थप गर्ने, तर मन्त्रालयको स्वीकृति बिना २०८१ कात्तिक १ गतेदेखि म्याद थप नगर्ने पत्रानुसार अस्पताल प्रशासनसँग म्याद थप गर्ने कानुनी आधार नरहेकाले तपाईहरुको करार म्याद हाललाई थप गर्न नसकिने गरी सूचना प्रकाशन गरेको छ ।

सूचनामा म्याद थप नहुञ्जेलसम्म तलब भत्ता दाबी नगर्ने शर्तमा हाल करारमा कामकाज गरिरहेका करार सेवाका कर्मचारीहरुले अस्पतालको नियम, कानुन र नियमितता पालना गर्ने गरी आफ्नो पदको कामकाज गर्न इच्छुक भए कामकाज गर्नका लागि यस अस्पतालको कर्मचारी प्रशासन शाखामा निवेदन दिन समेत उल्लेख गरिएको छ ।

अस्पतालमा कार्यरत करारका चिकित्सक र कर्मचारीहरुको शुक्रबार बसेको बैठकबाट यस विषयमा थप स्पष्टता माग गरिएको तथा तीन दिन भित्र स्पष्ट जानकारी प्राप्त नभए बैठक बसेर थप आन्दोलन गर्ने चेतावनी करारका चिकित्सक र कर्मचारीहरुले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group