ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो


एबीसी न्यूज
२ कार्तिक २०८१, शुक्रबार   २ : २२   बजे

काठमाडौं २ कात्तिक । अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दशैं तिहार बिदा मनाउन निस्केका आन्तरिक पर्यटकको रोजाईका कारण जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर र आरोहण मार्गमा पर्यटकको भिड बढेको हो ।

नारच्याङको हुमखोलाबाट सुरु हुने मौरीस हर्जोग पदमार्ग ९अन्नपूर्ण आरोहण ट्रेक० हुँदै दुई दिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ । मिश्रीखोलाको किनारै किनार निर्माण गरिएको पदमार्गको यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता, हिमनदी र झरनाले पर्यटकहरुलाई आकर्षित गरेको छ

दशैं तिहार बिदाको अवसरमा आन्तरिक पर्यटकहरुले यो पदमार्गको भ्रमणलाई प्राथमिकतामा राखेका छन् । भर्जिन पर्यटकीय गन्तब्यका रुपमा विकास भएको अन्नपूर्ण आधार शिविर बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तब्य हो ।

नारच्याङ गाउँदेखि दुईदिनमा पुग्न सकिने सुन्दर पर्यटकीय स्थल भएकाले यसपाली आन्तरिक पर्यटकको संख्या बढेको मौरीस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले बताउनुभयो ।

गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको संख्यामा चारगुणा बढेको पदमार्गका अभियन्ता गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार दशैंको दिनदेखि शुक्रबार सम्म करिब ८ सय भन्दा बढी आन्तरिक पर्यटक आधारशिविर पुगिसकेका छन् । यसका साथै भारतीय, चाइनिजि, ताइवानी र इटालियन पर्यटकहरुको संख्या पनि गतवर्ष भन्दा यसपाली बढेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ूआन्तरिक पर्यटकका कारण पदमार्गमा चहलपहल बढेको छ । हुमखोला देखि आधार शिविर सम्म पर्यटकको लर्को लागेको छ ।ू

म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ, चितवन लगायतका जिल्लाहरुबाट आन्तरिक पर्यटकहरु भ्रमणमा आएको उहाँले बताउनुभयो । पदमार्ग र आधार शिविरको भ्रमण गरेका पर्यटकहरुले पर्यटन पूर्वाधारको अभावका साथै आधार शिविरमा फोहोर बढेको गुनासो गरेको उहाँको भनाइ छ ।

बेनीबाट दशैंको भोलिपल्ट साथीहरूसँग पहिलो पटक आधारशिविर पुग्नुभएका बेनीका छवी आचार्यले अन्नपूर्णको उत्तरी आधार शिविर धेरै रमणीय भएको बताउनुभयो ।

आचार्यले पर्यटकको सुविधाका लागि बेसक्याम्पमा सुविधासम्पन्न होटल, लज, संचारको सुविधा र बिच बाटोमा टी आउस लगायतका पूर्वाधार बनाउनुपर्ने उहाँले सुझाव दिनुभयो।

उत्कृष्ट पर्यटकीय गन्तब्य भएकाले अन्नपूर्ण पर्यटकको रोजाईमा परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘अन्नपूर्ण उत्तरी आधारशिविर साच्चिकै स्वर्ग जस्तो छ । बेनीबाट दुईदिनको यात्रामा सजिलै पुग्न सकिने रमणीय पर्यटकीय स्थल भएकाले सम्बन्धित निकायले पर्यटन पूर्वाधार निर्माण र प्रवद्र्धनमा ध्यान दिन आवश्यक छ ।’’

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै दुईदिनमा सहजै अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना,आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group