ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविले खोजे विपक्षी दलहरुको साथ


एबीसी न्यूज
२ कार्तिक २०८१, शुक्रबार   ३ : ०५   बजे

काठमाडौं २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले विपक्षी दलहरुको साथ खोजेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकमा सभापति लामिछानेले प्रहरी पक्राउविरुद्ध उभिन प्रस्ताव गरेका हुन् ।

‘सरकारले फसाउने नियत लियो । मलाई मात्र होइन, भोलि जोसुकैलाई पक्राउ गर्न सक्छ’ लामिछानेले भनेका थिए । आफूलाई जस्तै समस्या भोलि जोसुकैलाई आइपर्ने उनको तर्क थियो ।

‘मलाई पक्राउ गर्न सक्छ भन्ने संकेत मैले पनि पाएको छु । यसमा सबैले साथ दिनुपर्यो भन्ने रविको निवेदन थियो’, बैठकमा सहभागी एक नेताले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी रहेको ब्रिफिङ गरेका थिए । बिहीबार मात्र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्डले भेटवार्ता गरेका थिए ।

उक्त भेटवार्ताका आधारमा प्रचण्डले रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका थिए । प्रचण्डको ब्रिफिङमा सहमत लामिछानेले पक्राउ परिने संभावनाबारे जानकारी रहेको बताउँदै विपक्षीहरुको साथ मागेका थिए ।

बैठकमा सहभागी ती नेताका अनुसार बैठकले रवि लामिछानेको विषयमा कुनै निष्कर्ष भने निकालेन । ‘प्रचण्ड र रवि लामिछानेले कुरा राख्नुभयो, तर अरु नेताहरुले केही बोल्नुभएन । बैठक त्यसै सकियो’, ती नेताले भने ।

यो बैठकमा रास्वपाबाट ६ जना नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu