ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रगत सङ्कलनमा कमी आएसँगै प्लेटलेट्स रिच प्लाज्माको माग बढ्यो


एबीसी न्यूज
२ कार्तिक २०८१, शुक्रबार   ३ : ३८   बजे

काठमाडौं २ कात्तिक । डेंगुको सङ्क्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ । बाढी, पहिरो, डेंगु र चाडवाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले दसैँ तिहारले गर्दा पहिलाको तुलनामा रगत सङ्कलन र माग कम भएको बताउनुभयो ।

उहाँले अहिले डेंगु बढेकाले प्लेटलेट्स रिच प्लाज्माको भने माग बढेको जानकारी दिनुभयो । उहाँले प्लेटलेट्सको माग दिनानुदिन बढ्दै गए पनि नेपालीहरुको महान् चाड दसैँ, तिहारले मानिसहरु घर जाने र रगत सङ्कलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको बताउनुभयो ।

निर्देशक गुप्ताले रातो रगत, होल ब्लडहरु भने रेडक्रससँग पर्याप्त रहेको जानकारी समेत दिनुभयो । उहाँले पिआरपीका लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्छ, तर रक्तदान गर्नेहरुको कमीका कारण माग पूरा गर्न कठिन भएको बताउनुभयो ।

‘‘दसैँ तिहारले गर्दा पहिलाको तुलनामा रगत सङ्कलन कम देखिएको छ, तर प्लेटलेट्स प्रोडक्ट ९पिआरपी० र प्लेटलेट्स कन्सर्टेटको माग अत्याधिक रुपमा बढेको छ । यो बढ्नुको पछाडि मुख्य कारण हो, डेंगुको सङ्क्रमण बढिरहेकाले प्लेटलेट्सको माग बढेको छ । हामीसँग प्लेटलेट्स बाहेकको प्रोडक्टहरु जस्तै रातो रगत, होल ब्लडहरु पर्याप्त मात्रामा छ ।,’’ उहाँले भन्नुभयो, ‘‘नभएको पिआरपी हो । पिआरपीको माग बढ्दो भएका कारणले गर्दा पिआरपीका लागि हामी सम्बोधन गरिरहेका छौँ ।यसको व्यवस्थापनका लागि प्रत्येक दिन रगत सङ्कलन हुनुपर्छ ।’’

उहाँले एक जना बिरामीका लागि सात वटासम्म पिआरपी माग हुने गरेको बताउनुभयो । अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको पनि बताउनुभयो ।

निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रुपमा रगत सङ्कलन गर्नुपर्ने बताउनुभयो । नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट उहाँले आह्वान गर्नुभयो ।

‘‘पिआरपी बनाउनका लागि हामीलाई ताजा रगत चाहिन्छ । रगत सङ्कलन भएको ६ देखि ८ घण्टाभित्र हामीले पिआरपी छुट्याउनुपर्छ । स्टक ब्लडबाट यो बनाउन मिल्दैन । दसैँदेखि तिहारसम्म हाम्रो रक्तदाताको सङ्ख्या घट्दो छ । एक जना बिरामीका लागि ७ वटासम्म पिआरपी प्रोडक्ट माग हुन्छ । हामीले अहिले ६० देखि ७० प्रतिशत माग पूरा गर्न सकेका छौँ ।’’ उहाँले भन्नुभयो ।

निर्देशक गुप्ताले बढी रगत सङ्कलनका लागि आवश्यक पहलकदमी भइरहेको पनि बताउनुभयो । उहाँले डेंगुको महामारी जारी रहेकाले रगतको अभाव भइरहेको भन्दै सबैले रक्तदान गर्न आह्वान गर्नुभयो । प्रत्येक दिन एक सयदेखि डेढ सय युनिट रगत प्लेटलेट बनाउन ब्यागमा रगत सङ्कलन गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu