ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले ३४ दिन हिरासतमा राख्नसक्छ रवि लामिछानेलाई


एबीसी न्यूज
२ कार्तिक २०८१, शुक्रबार   ६ : ५२   बजे

काठमाडौं २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार नै पक्राउ गर्ने प्रहरीले तयारी गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार अदालत समक्ष पक्राउ अनुमति माग गरेको थियो।

प्रहरीको माग अनुसार बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिव देखिएको भन्दै अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ ९३० बमोजिम लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ।

ठगी तथा संगठित अपराध सम्बन्धि मुद्दाको अनुसन्धानको लागि लालचन्द्र लामिछानेका छोरा काठमाडौँ महानगरपालिका ६ स्थायी वतन भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–८ हात्तिगौंडा बस्ने गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक ४९ वर्षको रवि लामिछानेलाई पक्राउ गरेर पठाइदिन कास्की प्रहरीले सीआईबीसहितका कार्यालयलाई पत्राचार गरेको छ।

 

पत्र प्राप्त भएलगतै विभिन्न कार्यालयका प्रहरी अहिले रास्वपाको कार्यालयमा पुगेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली पक्राउ गर्न पुगेको छ।

शुक्रबार नै पक्राउ परे लामिछानेले ३४ दिनसम्म प्रहरी हिरासतमा बस्नुपर्ने हुनसक्छ। संगठित अपराधमा समेत उनीविरुद्ध मुद्दा अगाडी बढाउन प्रहरीले अनुमति लिएको छ। ससंगठित अपराधमा अनुसन्धान गर्दा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ।

रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाउने तयारी
तर यसअघि असोज ६ गते पक्राउ परेका छविलाल जोशीसँगै मुद्दा दायर हुने भएकाले उनीहिरासतमा बसेको मितिबाट ६० दिन गणना हुन्छ।

जोशी २७ दिनदेखि हिरासतमा छन्। उनलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले शुक्रबार अनुमति दिएको छ।

अब लामिछाने लगायत १४ जना आरोपिहरुलाई पक्राउ गर्न प्रहरीले अनुमति पाइसकेकाले उनीहरुलाई पनि पक्राउ गर्दै प्रहरीले ६० दिनभित्रमा अनुसन्धान सकेर मुद्दा अदालत बुझाइसक्नुपर्छ।

उनीहरुविरुद्ध गत माघमा कृष्णप्रसाद जैशी लगायतका सूर्यदर्शन सकहकारीका पीडितले पुरक जाहेरी दिएका थिए। सूर्यदर्शन सहकारीको ठगीमा यसअघि जिबी भन्ने गितेन्द्रबाबु राईसहितविरुद्ध मुद्दा दायर भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu