काठमाडौं २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले सरकार ढलेकै दिन आफूलाई पक्राउ गरेर जेल हाल्ने योजना बुनेको दाबी गरेका छन्।
शुक्रबार पक्राउ पुर्जी जारी भएपछि पार्टी कार्यालयमा सम्बोधन गर्ने क्रममा उनले बताएका छन्।
‘म सरकारको बाध्यता बुझ्छु। जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो, त्यो दिन जसरी पनि रविलाई जेल कोच्छौँ भनेर भन्नुभएको सूचना म सँग छ,’ उनले भनेका छन्।
साथै, उनले राज्यको दादागिरीलाई डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्