ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नौ सय सवारीचालक कारबाहीमा


एबीसी न्यूज
४ कार्तिक २०८१, आइतबार   १० : ५४   बजे

काठमाडौं ४ कात्तिक । नवलपुरमा दसैँको समयमा मात्र नियमविपरीत सञ्चालन भएका नौ सय सवारीसाधनका चालक कारबाहीमा परेका छन् । असोज १७ देखि कात्तिक १ सम्म सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको हो ।

जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जाराले बढी भाडा लिने, छतमा यात्रु राख्ने, झुन्डिएर यात्रा गर्ने, मोटरसाइकलमा तीन जना चढ्ने, बिनाहेलमेट हिँड्ने, नियमविपरीत सञ्चालित सवारीसाधन चालकलाई कारबाही गरिएको बताउनुभयो ।

सबैभन्दा धेरै ३५२ मोटरसाइकल कारबाहीमा परेका छन् । त्यस्तै २४२ ट्रक, १७७ कार जिप, ५३ बस, ३७ टयाक्टर र ३७ अन्य सवारीसाधन कारबाहीमा परेका हुन् । चाडपर्वको समयमा यात्रुको चाप बढी हुने, छतमा झुन्डिएर यात्रा गर्ने र मादक पदार्थ सेवन गरेर सवारीसाधन चालाउने काम भइरहेकाले त्यसलाई कडाइका साथ जाँच गरिएको उहाँको भनाइ छ ।

यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जना कारबाहीमा परेका छन् । क्षमताभन्दा बढी बोकेका ७९ सवारीलाई कारबाही गरिएको छ । यसबाट सात लाख १७ हजार पाँच सय राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक बन्जाराले बताउनुभयो । उहाँका अनुसार ‘सुरक्षित सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी, सवारी दुर्घटना न्यूनीकरणका लागि गाउँ गाउँमा ट्राफिक प्रहरी’ भन्ने मूल नाराका साथ प्रहरीले अभियानलाई तीव्रता दिएको हो ।

दसैँतिहार, छठ जस्ता पर्वलाई लक्षित गरी प्रहरीले जाँचलाई तीव्र पार्नुका साथै यस अवधिमा १६४ वटा जनचेतनाका कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रहरी निरीक्षक बन्जाराको भनाइ छ । भिडभाड हुने स्थल र टिकट काउन्टरमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी बढाउँदा सर्वसाधारण कम ठगिएको बन्जराको दाबी छ ।

यात्रुको गल्ती, तीव्र गति, मापसे, मोबाइल फोनको प्रयोग, ओभरलोड, चौपाया, यान्त्रिक गडबडी र खराब सडकले बढी सवारी दुर्घटना हुने गरेको पाइन्छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा आराम कक्ष ९रिफ्रेस सेन्टर० को व्यवस्था गरेको छ । लामो दुरीका सवारीसाधन जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको रिफ्रेस सेन्टरमा एक घण्टा आराम गरेर गन्तव्यमा आवतजावत गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group