ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसः श्रमको सम्मान गर्न माग


एबीसी न्यूज
४ कार्तिक २०८१, आइतबार   १२ : ४४   बजे

काठमाडौं ४ कात्तिक । आज अक्टोबर २० अर्थात् अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘गृह श्रमिकको माग–गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा र मर्यादित काम’ भन्ने मागमा साथ नेपालमा पनि आज गृह श्रमिक दिवस मनाइँदैछ ।

गृह श्रमिक सरोकार समाज नेपालले आज भृकुटीमण्डबाट र्‍याली निकालेर न्युरोड, वसन्तपुर हुँदै पुनःभृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो । समाजका अध्यक्ष प्रभा पोख्रलले श्रम ऐन, २०७४ का प्रावधानमा गृह श्रमिकको स्पष्ट व्यवस्था गर्नुपर्ने, गृह श्रमसम्बन्धी आइएलओ अभिसन्धि १७७ पारित गरी त्यसमा भएका प्रावधानलाई श्रमकानुनका रुपमा व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

गृृह श्रमिकहरुको घरमै बसेर गरिने गृह श्रमलाई राष्ट्रिय जनगणनामा अनिवार्य समावेश गर्ने व्यवस्था मिलाइनुपर्ने, कसैले गृह श्रमिकलाई काम दिँदा कार्य शर्त र सम्झौताका कागज अनिवार्य गर्ने व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, दैनिक आठ घण्टा र विभिन्न बिदाहरु ९राष्ट्रिय बिदा, वार्षिक बिदा, बिरामी बिदा, पर्व बिदा आदि० गृह श्रमिककले पनि उपयोग गर्न पाउने व्यवस्था गरिनुपर्नेलगायत माग समाज गरेको छ ।

गृह श्रमिकहरुको महत्वपूर्ण योगदानलाई मान्यता दिन प्रत्येक वर्ष अक्टोबर २० मा अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस मनाइँदै आइएको छ । रासस

’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu