ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्की जिल्ला अदालतका ५ न्यायाधीश १८ दिनपछि इजलासमा


एबीसी न्यूज
४ कार्तिक २०८१, आइतबार   १२ : ५८   बजे

काठमाडौं ४ कात्तिक । कास्की जिल्ला अदालतमा १८ दिनपछि न्यायाधीशहरू इजलासमा उपस्थित भएका छन्।

असोज १७ गते घटस्थापनाको दिनदेखि बिदामा गएका न्यायाधीशहरू बल्ल आइतबार इजलास फर्किएका हुन्।

७ न्यायाधीशको दरबन्दी रहेको अदालतमा शुक्रबार दिउँसो २ बजेसम्म एक जना पनि उपस्थित नहुँदा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेविरूद्ध पक्राउ अनुमति लिन प्रहरीलाई सकस परेको थियो।

 

प्रहरी टोली पुगेर न्यायाधीशको खोजी भएपछि नेपालगन्जमा रहेका न्यायाधीश कृष्णजंग शाह हवाइजहाजमा पोखरा आइपुगेका थिए। उनी आइपुग्दा दिउँसोको २ बजेको थियो। उनकै इजलासले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो।

शुक्रबार काठमाडौँमा पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेलाई आज प्रहरीले अदालतमा उपस्थित गराउँदै छ।

आज भने १ नं न्यायाधीश नवराज दाहालका साथै भोलानाथ ढकाल, हरिप्रसाद कोइराला, कृष्णजंग शाह र नीतिज राई इजलासमा उपस्थित भएका छन्। उनीहरूले गोला प्रणालीबाट पेसी सूची पनि छानिसकेका छन्। जसअनुसार दाहालको इजलासमा १५ र ढकालको इजलासलमा १४ मुद्दा परेका छन्। त्यसका कोइरालाको इजलासमा १६, शाहको इजलासमा ९ र राईको इजलासमा २४ मुद्दा परेका छन्।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार, हिमलाल बेल्बासे र चन्द्रकान्त पौडेल अझै बिदामा छन्। कास्कीबाट सरूवा भइसकेका न्यायाधीश महेन्द्रबहादुर थापा पनि आज अदालत पुगेको तर उनले मुद्दा हेर्ने छैनन्। रमाना नलिइसकेका कारण उनी कास्कीमै हाजिर गरिरहेका छन्।

बेल्बासे दसैँअघि नै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग बिदा मागेर तीन महिनाका लागि अमेरिका गएका छन्। उनी सरूवा भएर कास्कीमा हाजिर गर्न समेत पुगेका छैनन्।

शुक्रबार अबेरसम्म कास्की अदालत न्यायाधीशविहीन भएको विषयलाई लिएर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गम्भीर रूपमा लिएका छन्। उनले न्याय परिषद् सचिव यमबहादुर बुढालाई घटनाबारे बुझेर प्रतिवेदन दिन भनेका छन्।

सचिव बुढाले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द, जिल्ला अदालतका न्यायाधीश तथा तथा कर्मचारीहरूसँग सोधपुछ गरिसकेका छन्।

प्रधानन्यायाधीश राउतनिकट स्रोतका अनुसार, १ नं न्यायाधीश दाहालले अड्डा खुलेको दिन सेवा प्रवाहका विषयमा कुनै वैकल्पिक व्यवस्था नै नगरी ढुक्कले बिदा बसेका कारण यो परिस्थिति प्रारम्भिक छानबिनले देखाएको छ।

सचिव बुढाले प्रतिवेदन दिएपछि थप कदमबारे छलफल हुने सर्वोच्च स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu