ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्कीका एसपीले पूर्व डीआईजी छविलाल जोशीलाई अस्पताल बस्ने सुविधा दिए


एबीसी न्यूज
४ कार्तिक २०८१, आइतबार   १ : २८   बजे

काठमाडौं ४ कात्तिक । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई हिरासतबाट अस्पतालमा सारिएको छ । कास्कीका एसपी श्यामबाबु ओलियाले जोशीलाई हिरासत छलेर अस्पतालमा बस्ने सुविधा दिएका हुन् ।

असोज ६ मा काठमाडौँबाट पक्राउ परेका जोशी यसअघि हिरासतमा थिए । तर, कास्कीको प्रमुखको रूपमा सरुवा भएर असोज १४ मा हाजिर भएपछि प्रहरी उपरीक्षक ओलियाले उनलाई अस्पताल बस्ने सुविधा दिएका हुन् । जोशीलाई अहिले पोखरास्थित फिस्टेल अस्पतालमा राखिएको छ ।

यसअघि बिसन्चो भएको भन्दै जोशीले अस्पताल बस्ने प्रयास गरेका थिए । तर, तत्कालीन एसपी मोहन थापाले उनलाई अस्पताल बस्ने अनुमति दिएनन् । त्यसबेला स्वास्थ्य परीक्षण गराउँदा उनलाई निमोनिया देखिएको थियो । तर, अहिले निमोनिया मुक्त भएपछि पनि उनलाई अस्पताल राखिएको छ ।

असोज १५ बाट नै उनलाई अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक जना अधिकृतले रातोपाटीलाई बताए । तत्कालीन गृहमन्त्री रवि लामिछानेले पक्राउ परेका व्यक्तिलाई अस्पतालमा राख्न मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरेका थिए ।

२०८१ वैशाख २४ मा आफैँले गरेको सो निर्णयअनुसार लामिछाने पनि अस्पताल बस्न पाउने छैनन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group