ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली विरुद्ध रविको आक्रोश, ओलीलाई सत्ताबाट गलहत्याउने चेतावनी


एबीसी न्यूज
४ कार्तिक २०८१, आइतबार   ३ : ४९   बजे

 

काठमाडौँ ४ कात्तिक । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध आगो ओकलेका छन् ।
६५ करोड बढी गोरखा मिडियामा ल्याएर अपचनल गरेको आरोपमा प्रहरी हिरासतमा रहेका उनले केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउने बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा प्रहरीले उपस्थित गराउँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारको रवैयाविरुद्ध आम जनता बाहिर निस्कनुपर्ने बेला आउनसक्ने बताए । ‘अधिनायकवादी सरकारको विरुद्ध यही बेलामा देशैभरीबाट जोजो जहाँजहाँ हुनुहुन्छ, मेरा लागि होइन देशका लागि बाहिर निस्कनुपर्ने बेला आउन सक्छ’, उनले भने, ‘म सबैलाई अपिल गर्न चाहन्छु– सम्पूर्ण न्यायप्रेमी दाजुदभाइ दिदीबहिनीहरू यो सरकार रहुन्जेलसम्म उसले यस्तै हर्कत गरिरहन्छ । झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ ।’

पोखरामा लामिछाने समर्थक र प्रहरीबीच झपड

लामिछाने शुक्रबार राजधानीबाट पक्राउ परेका थिए । उनलाई सूर्यदर्शन सहकारी ठगीसम्बन्धी उजुरीमा अनुसन्धानका लागि सीआईबीले जिल्ला प्रहरी कार्यालय कास्कीसमक्ष जिम्मा लगाएको थियो ।
उनी प्रहरी हिरासतमा गार्डको क्वाटरमा एक्लै वसेका छन् भने उनका पार्टनर पूर्व डिआइजी छविलाल जोशी गत एक महिनादेखि सोही मुद्धामा प्रहरी हिरासतमा रहेका छन् ।
लामिछानेलाई म्याद थप्न लैजांदा उनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । प्रहरीको छानविनलाई सघाउने बताउँदै आएका लामिछानेले आफ्नो गिरफ्तारीको विरोधमा देशभरका आफ्ना समर्थकलाई सडकमा उत्रन अह्राएर कानुनलाई हात लिने बाटो अपनाएको भन्दै सामाजिक सञ्जालमा लामिछानेको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group