ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार ढाल्ने प्रयास हुँदैछ, सजग रहनुस्- प्रधानमन्त्री ओली


एबीसी न्यूज
५ कार्तिक २०८१, सोमबार   १० : ५९   बजे

काठमाडौं ५ कात्तिक ।  प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन्।

सरकार ढल्ने अनुमान र हल्लाकाबीच आइतबार साँझ पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले त्यसबारे केहीबेर ब्रिफिङ गरे।

उनले राष्ट्रिय राजनीति पेचिलो बन्दै गएको स्वीकार गरे।

एक पदाधिकारीले  बताए अनुसार ओलीले परिस्थिति निकै प्रतिकूल हुँदै गएकोले नेताहरूलाई सचेत समेत गराएका छन्।

‘परिस्थिति प्रतिकूल हुँदै गएको छ, सबैतिरबाट आक्रमण तीव्र पारेका छन्,’ बैठकमा ओलीको ब्रिफिङ उधृत गर्दै ती पदाधिकारीले भने, ‘राष्ट्रिय राजनीति अप्ठेरो छ। विभिन्न शक्तिकेन्द्रहरू लागिरहेका छन्।’

‘समग्रमा राष्ट्रिय राजनीतिको पछिल्लो अवस्थाबारे सचिवालय सदस्यलाई अध्यक्षले जानकारी गराउनुभयो,’ उनले थपे।

तर, सत्ताको प्रमुख घटक नेपाली कांग्रेससँगको सम्बन्ध सुमधुर रहेको प्रधानमन्त्री ओलीले प्रष्ट पारेको ती नेता बताउँछन्।

‘कांग्रेससँगको सम्बन्धमा अहिले तलमाथि छैन, तर, सत्ताका विरुद्ध एकाथरी लागिरहेका छन्, यो गम्भीर विषय हो, यसमा सजग हुनैपर्छ,’ ओलीले बैठकमा भने।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा शुक्रबार गिरफ्तार भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा उनका नेतारकार्यकर्ताले आन्दोलन चर्काउँदै लगेका छन्।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेले ओली सरकार नढलेसम्म सडकमा उत्रन देशैभरका कार्यकर्तालाई निर्देशन दिएका छन्।

सरकारलाई चारैतिरबाट घेराबन्दी गरेर असफल पार्न खोजिएको ओलीको भनाइ छ।

‘स्थिति गम्भीर छ, पार्टीभित्रको आन्तरिक पंक्ति पनि अराजक हुँदै गयो,’ ओलीले बैठकमा राखेको भनाइ उधृत गर्दै ती नेताले भने।

असार ३० गते नेपाली कांग्रेससँगको गठबन्धनबाट ओली प्रधानमन्त्री बनेका थिए।

अर्का सचिवालय सदस्यले पनि देशको पछिल्लो अवस्था चिन्ताजनक अवस्थातिर लग्ने कोसिस भइरहेकोमा ओलीले जानकारी दिएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group