ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको होइन, आफ्नै पार्टीको चिन्ता गर्नुहोस्- महासचिव शंकर पोखरेल


एबीसी न्यूज
५ कार्तिक २०८१, सोमबार   ११ : १२   बजे

काठमाडौं ५ कात्तिक ।   नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न आग्रह गरेका छन्।

पार्टीमाथि विभिन्न टिकाटिप्पणी भइरहेको बेला सोमबार महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत फरक पार्टीका नेता र कार्यकर्ताहरूले एमालेका भविष्यका बारेमा चिन्ता गरेको भन्दै अनेकन सुझावसहित एमालेले गरेका निर्णयहरूको आलोचना नगर्न भनेका छन्।

‘राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्नै पर्दैन नि,’ महासचिव पोखरेलले भनेका छन्, ‘नेकपा एमालेलाई कस्तो बनाउने नेकपा एमाले जनलाई नै छोडिदिन आग्रह गर्दै जनता के चाहन्छन्रु र राष्ट्रको आवश्यकता के होरु भन्ने विषय नेकपा एमालेलाई राम्ररी थाह छ।’

 

एमाले आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत रहेको उल्लेख गर्दै महासचिव पोखरेलले एमाले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको उल्लेख गरेका छन्।

‘कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो। त्यसका लागि नेकपा एमाले हरदम तयार छ,’ उनले भनेका छन्।

भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दान गरेको भनिएको जग्गामा एमालेले पार्टी कार्यालय बनाउने भएपछि पार्टीभित्र र बाहिरबाट चौतर्फी आलोचना भइरहेको छ।

पार्टी कार्यालय बनाउने निर्णय आइतबार साँझ बसेको सचिवालय बैठकले अनुमोदन समेत गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

सम्बन्धित

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu