ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार छलीको सामान बरामद गरेको विरोधमा व्यापारीद्वारा नेपाल–भारत जोड्ने पुलमा ताला


एबीसी न्यूज
५ कार्तिक २०८१, सोमबार   ४ : ०९   बजे

काठमाडौं ५ कात्तिक । भन्सार छलेर ल्याएको सामान पसलबाट बरामद गरेको विरोधमा दार्चुलाको सदरमुकाम खलंगाका व्यापारीले नेपाल(भारत जोड्ने झोलुंगे पुलमा ताला लगाएका छन् ।

 

उद्योग वाणिज्य संघ दार्चुलाको नेतृत्वमा व्यापारीहरूले जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा ताला लगाएका हुन् । प्रहरीको सुरक्षा रहने पुलमा व्यापारीले सोमबार ताला लगाएका छन् ।

व्यापारीले भने भन्सार तिरेर भित्र्याएको सामानलाई प्रहरीले अवैध भन्दै छापा मारेर बरामद गरेको भन्दै पुलमा ताला लगाएको बताए ।

उद्योग वाणिज्य संघ दार्चुलाका कार्यवाहक अध्यक्ष विशनसिंह बोहराले पटक–पटक प्रहरीले व्यापारीहलाई दुःख दिएकाले तालाबन्दीमा उत्रिनु परेको बताए । सुरक्षाकर्मीले सामानको भन्सार तिर्न लगाउने र फेरि आफैं व्यापारीको पसल बन्द गराएपछि छापा मार्न आउने बोहराको आरोप छ ।

आइतबार साँझ मात्रै प्रहरीले सदरमुकाम खलंगाको बांगाबगड बजारका दुईवटा पसलबाट भन्सार छलीको सामान बरामद गरेको थियो ।

नेपाल–भारत जोड्ने सदरमुकाम खलंगाको एकमात्र झोलुंगे पुलमा व्यापारीले तालाबन्दी गरेपछि स्थानीयको आवतजावतमा पनि समस्या प‍रेको छ । पुल बन्द भएपछि नेपालबाट भारत र भारतबाट नेपाल आएका मानिसहरू अलपत्र परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

सम्बन्धित

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu